सिटिजन्स बैंकले सञ्चालनमा ४ नयाँ शाखा थप
Sunday Jan 19, 2020
वि.सं.२०७६ माघ ५ आइतवार १६:०५

७६ काठमाडौं,५ माघ : सिटिजन्स बैंक इन्टरनेसनलले एकैदिन थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले आइतबार मात्रै चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाटको विस्तारित शाखाहरु संचालनमा ल्याएको हो ।
नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं५ को जीतपुरमा शाखा विस्तार गरको हो ।
यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
सरकारले वित्तीय पहँुचतथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनकालागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेसँगै बैंकले थप ४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको हो । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ।
यसबैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन् । बैंकले हाल कुल ८९ वटा शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।























