CG Electronics
IME Life
Ncell NPL

औषधिको कच्चा पदार्थ आयातमा भन्सार छुट

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 ७६काठमाडौं,१६माघ :सरकारले औषधि उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा भन्सार छुट दिने भएको छ । औषधिमा देशलाई आत्मनिर्भर उन्मुख बनाउनका लागि औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातका लागि एकदमै न्यून भन्सार वा छुट दिने तयारी भैरहेको उप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

‘अहिले आयात गर्ने औषधिमा सहुलियत तर नेपाली उद्योगीहरुले औषधि उत्पादनका लागि ल्याउने कच्चा पदार्थमा बढी भन्सार लागिरहेको छ,’ देउराली जनता फर्मास्यूटिकल्सको २९ औं बार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘यस विषयमा हामीले गहन अध्ययन गरिरहेका छौं आगामी बर्षसम्म कुनै न कुनै तरिकाबाट सम्बोधन गर्नेछौं ।’ सरकारले आयात प्रतिस्थापनका लागि अन्य उद्योगले आयात गर्ने कच्चा पदार्थमा समेत भन्सार शुल्क घटाउने तयारी गरिरहेको पोखरेलले जानकारी दिए ।

‘समृद्ध नेपाल शुखी नेपालीको नारालाई सफल बनाउन हामीले स्वदेशमा उत्पादन हुने बस्तुको कच्चापदार्थ आयातमा भन्सार घटाउनुपर्नेछ,’ उनले भने, ‘सरकारले यस विषयमा धेरै गृहकार्य गरिसकेको छ आगामी बर्षसम्ममा शतप्रतिशत भन्सार छुट नभएपनि तयारी बस्तु आयातको तुलनामा कच्चा पदार्थ आयातमा धेरै छुट दिईनेछ ।’ यसैगरी कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कच्चा पदार्थ आयातमा समस्या परेको भन्दै चीनतर्फको नाका तत्काल खुला गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

‘नेपालका औषधि उद्योगहरुले शतप्रतिशतसम्म कच्चा पदार्थ आयात गरेका र औषधि उत्पादन गर्दै आएका छन्, त्यसमा पनि चिनियाँ कच्चापदार्थ बढी छन्,’ उनले भने, ‘नेपालको चीनसँगको सहज नाका नहूँदा चिनियाँ कच्चापदार्थ भारतीय एजेन्टमार्फत खरिद गर्न बाध्य भएका छन् ।’ जसका कारण नेपाल औषधि उद्योगले आयात गर्ने कच्चापदार्थ समेत महङ्गो पर्न गएको उनको भनाई छ ।

यसैगरी कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले नेपालमा उत्पादन भएर आत्मनिर्भरतर्फ उन्मुख औषधि आयातमा रोक लगाउनुपर्ने बताए । ‘भारतले नेपालबाट ११ अर्ब रुपैयाँको निर्यात हुने पाम आयल भारतीय उद्योगीको मागका कारण रोक लगाएको छ तर नेपालले बार्षिक ४५ अर्ब रुपैयाँको आयात हुने औषधिमा कुनै नीति ल्याउन सकेको छैन ।’ तीन तहको सरकारले उद्योगी व्यवसायीमाथी विभिन्न खालको करको भार थुपारेको भन्दै केन्द्रिकृत रुपमा कर उठाउनुपर्ने उनको सुझाव थियो ।

साथै देशमा उद्योग व्यवसाय फस्टाउनका लागि श्रम ऐनलाई समयसापेक्ष बनाएर यथासक्दो छिटो औद्योगिक व्यवसाय ऐनलाई संसदबाट पास गर्नुपर्ने समेत उनले बताए ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...