नेपाल इन्स्योरेन्स अब सबै क्षेत्रलाई डिजिटलको प्रयोगले सहज बन्दै
Friday Jan 31, 2020
वि.सं.२०७६ माघ १७ शुक्रवार १२:४२

७६ काठमाडौं,१७माघ: सबै क्षेत्रलाई डिजिटलको प्रयोगले सहज बनाइरहेको छ । नत ट्याक्सी खोज्न सडकमा जानुपर्छ, नत बिजुलीको बिल तिर्न लाइनमै पुग्नुपर्छ । अब घरमै बसेर सिनेमा हलको टिकट लिन सकिने व्यवस्था भइसकेको छ । सबै क्षेत्र डिजिटलमैत्री भइरहेको बेला वित्तीय कारोबारलाई सहज बनाउँदै लैजाने क्रममा नेपालको पहिलो बीमा कम्पनी नेपाल इस्योरेन्सले श्रीपञ्चमीको शुभ अवसर पारेर अनलाइन पेमेन्ट गेटवेहरु खुल्ला गरेको बताएको छ ।
यस सुविधाले अब बीमा शुल्क बुझाउन न त बीमा कम्पनी पुग्नुपर्छ नत लाइनमा बस्ने झन्झट नै सहनु पर्छ । अब उप्रान्त ग्राहक महानुभावहरुले IME Pay, e-Sewa र Khalti बाट सजिलै बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो सुविधाबाट ग्राहकवर्ग लाभान्वित हुने र जोखिम हस्तानतरण अझ सहज हुने विश्वास कम्पनीले लिएको छ । नगद बोकेर हिँड्दा हुने जोमिलाई पनि यो सेवाले अब हटाइदिएको छ ।





























