CG Electronics
IME Life
Ncell NPL

संकटमा एलआइसी इन्स्योरेन्स

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

भारतको पूरानो बीमा कम्पनी एलआइसी संकटमा परेको छ । ६ दशक लामो इतिहास बोकेको सो कम्पनीले गरेको लगानी खराब ठाउँमा परेपछि एलआइसी संकटमा पुगेको छ । एलआइसीले भारतको बीमा बजारको झण्डै ७० प्रतिशत हिस्सा ओगट्दै आएको छ । भरोसाको प्रतीक मानिने सरकारी बीमा कम्पनी भारतीय जीवन बीमा निगमका पछिल्ला पाँच वर्षको तथ्यांक खासै उत्साहजनक देखिँदैनन्। बिगत पाँच वर्षमा कम्पनीको नन पर्फर्मिङ एसेट अर्थात एनपीए दोब्बर बढेको छ। कम्पनीको वार्षिक प्रतिवेदनका अनुसार मार्च २०१९ सम्म एनपीएको यो तथ्यांक लगानीको अनुपातमा ६ दशमलव १५ प्रतिशतको स्तरमा पुगिसकेको छ, जबकी सन् २०१४/ २०१५ मा एनपीए ३दशमलव ३० प्रतिशतको स्तरमा थियो। अर्थात बिगत पाँच आर्थिक वर्षहरूमा एलआइसीको एनपीएमा झण्डै शतप्रतिशत वृद्धि भएको छ।

Image result for lic india"

एलआइसीको २०१८/२०१९ को वार्षिक प्रतिवेदनका अनुसार ३१ मार्च २०१९ मा कम्पनीको कुल एनपीए २४,७७७ करोड रूपैयाँ थियो, जबकी कम्पनीको कुल ऋण चार लाख करोड रूपैयाँभन्दा धेरै थियो। एलआइसीको कुल सम्पत्ति ३६ लाख करोड रूपैयाँ छ।

खासमा एलआइसीको यो अवस्था यसकारण भयो कि जुन कम्पनीहरूमा उसले लगानी गरेको थियो, त्यसको अवस्था धेरै खराब भइसकेको तथा धेरै कम्पनीहरू त टाट नै पल्टिने अवस्थामा पुगेका छन्। यसमा दिवान हाउजिङ रिलायन्स क्यापिटल, इन्डिया बुल्स हाउजिङ फाइनान्स र पीरामल क्यापिटल तथा यस बैंक जस्ता कम्पनीहरू छन्।
एलआईसीले सर्वसाधारणमा सेयर विक्री गर्ने भएको छ । भारत सरकारले सन् २००९ देखि नै राजस्व घाटा कम गर्न सरकारी कम्पनीको सेयर बेच्दै आएको छ । भारत सरकारको स्वामित्वको कम्पनीमा अब सर्वसाधारणको पनि लगानी रहनेछ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सरकारी स्वामित्वका कम्पनीको सेयर विक्रीबाट २१ खर्ब भारु उठाउने लक्ष्य अनुरुप एलआईसीको सेयर बेच्न लागिएको हो । भारत सरकारले जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गर्दै सन् १९५६ मा बेग्लै ऐन ल्याएर एलआईसीको स्थापना गरेको थियो । जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गरेको ६४ वर्षपछि शतप्रतिशत सरकारी लगानीको कम्पनीको सेयर विक्री गर्ने तयारीमा भारत सरकार पुगेको हो ।

Life Insurance Corporation of India – A Case Study

एलआईसीको ८ देखि १० खर्ब रुपैयाँ बराबरको सेयर भारत सरकारले बेच्न सक्ने अनुमान भारतीय मिडियाहरुले गरेका छन् । भारत सरकारले सेयर विनिबेसबाट उठाउने लक्ष्य राखेको २१ खर्ब भारुमध्ये एलआईसी र आईडीबीआई बैंकको सेयर विक्रीबाट ९ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको बीबीसीले उल्लेख गरेको छ ।

भारतीय जीबन बीमा निगम(एलआईसी)ले सर्वसाधारणमा सेयर विक्री गर्ने भएको छ । भारत सरकारले सन् २००९ देखि नै राजस्व घाटा कम गर्न सरकारी कम्पनीको सेयर बेच्दै आएको छ । भारत सरकारको स्वामित्वको कम्पनीमा अब सर्वसाधारणको पनि लगानी रहनेछ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सरकारी स्वामित्वका कम्पनीको सेयर विक्रीबाट २१ खर्ब भारु उठाउने लक्ष्य अनुरुप एलआईसीको सेयर बेच्न लागिएको हो । भारत सरकारले जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गर्दै सन् १९५६ मा बेग्लै ऐन ल्याएर एलआईसीको स्थापना गरेको थियो । जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गरेको ६४ वर्षपछि शतप्रतिशत सरकारी लगानीको कम्पनीको सेयर विक्री गर्ने तयारीमा भारत सरकार पुगेको हो ।

एलआईसीको ८ देखि १० खर्ब रुपैयाँ बराबरको सेयर भारत सरकारले बेच्न सक्ने अनुमान भारतीय मिडियाहरुले गरेका छन् । भारत सरकारले सेयर विनिबेसबाट उठाउने लक्ष्य राखेको २१ खर्ब भारुमध्ये एलआईसी र आईडीबीआई बैंकको सेयर विक्रीबाट ९ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको बीबीसीले उल्लेख गरेको छ । एलआइसीको शाखा नेपालमा पनि रहेको छ ।

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को...

वि.सं.२०८३ वैशाख १२ शनिवार २२:१५

  मोरङ। नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो...

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:५५

  काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक...

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ : डा.ऋषि बिष्ट

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:४८

काठमाडौं । पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित...

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...