CG Electronics
IME Life
NIMB

म्याग्दीका किसानलाई ४५ हजार माछाका भुराहरु वितरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

२२ असार, म्याग्दी, – व्यावसायिक माछापालनको सम्भावना रहेको म्याग्दीमा झण्डै ४५ हजार माछाका भुराहरु वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको अनुदान ढुवानीमा जिल्लाका किसानलाई लक्षित ४४ हजार ५ सय माछाका भुरा वितरण गरिएको हो । कृषि प्रसार कार्यक्रममार्फत ढुवानीमा सबै अनुदान दिएर माछाका भुरा खरिद गरी वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

माछापालका लागि किसानलाई प्रतिभुरा ५० पैसाका दरले उपलब्ध गराईएको कृषि कार्यालयका कृषि प्रसार अधिकृत बेदनाथ पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार किसानको मागका आधारमा भुरा खरिद गरी अनुदान ढुवानीबाट वितरण गरिएको छ ।

मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट माछाका भुरा अनुदानमा ल्याएर जिल्लाका ४५ जना माछापालक किसानलाई वितरण गरिएको कृषि प्रसार अधिकृत पन्थीले बताउनुभयो । कृषि कार्यालयमार्फत गएको वैशाख महिनामा कमन कार्प नामक माछाको १५ हजार ५ सय र असारको पहिलो साता ग्रास कार्प जातको २९ हजार भुरा ल्याएर किसानलाई तिवरण गरिएको उहाँले जानकारी दिनुभयो ।

माछापालन व्यवसायमा लागेका किसानलाई व्यावसायिक बनाउन र नयाँलाई माछापालनप्रति आकर्षित गर्ने उद्देश्यले अनुदान ढुवानीमा माछाका भुरा खरिद गरी वितरण गरिएको कृषि कार्यालयले जनाएको छ । नयाँ तथा पुराना पोखरीमा माछापालन गर्नका लागि भुरा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

म्याग्दी जिल्लामा माछापालनका लागि करिब ४० भन्दाबढी पोखरीहरु सञ्चालनमा रहेका छन् । जिल्लाभन्दा बाहिरबाट भुरा खरिद गरेर ल्याउनुपर्ने बाध्यता र पोखरीसम्म पु¥याउँदा माछाका भुरा मर्न सक्ने भएको हुँदा थोरै भुराले पुग्ने भए पनि किसानहरुले भने बढी भुरा खरिद गर्ने गरेका छन् ।

सातवटा पोखरी निर्माणमा सम्पन्न

म्याग्दीको बाबियाचौर, दर्बाङ, कुहुँ, पिप्ले, घार, खबरा र ताकममा गरी सात वटा स्थानमा नयाँ पोखरी निर्माण गरिएको छ । कृषि कार्यालयको १० हजार अनुदान सहयोगमा किसानले २५० वर्गमिटरमा माछापालन गर्नका लागि पोखरी निर्माण गरेको कृषि कार्यालयले जनाएको छ । निर्माण गरिएका पोखरीमध्ये ५ वटा कृषि कार्यालयको वार्षिक कार्यक्रम र थप दुईवटा पोखरीमा स्याङ्जा जिल्लाको मत्स्य विकास केन्द्र मिर्मीको सहयोग रहेको कार्यालयको कृषि प्रसार शाखाले जनाएको छ ।
माछापालनमा कृषकको आकर्षण

पछिल्लो समय म्याग्दीमा व्यावसायिक माछापालनप्रति किसानको आकर्षण बढ्दै जान थालेको छ । थोरै परिश्रम र लगानीबाट पनि धेरै आम्दानी हुने तथा नाम कमाउन सकिने भएपछि विदेशबाट फर्किएका युवा पनि माछापालनमा लाग्न थालेका छन् भने विदेश जान लागेका युवा पनि व्यवसायिक माछा पालनमा लाग्न थालेका छन् । किसानले आफ्नो पोखरीमा ५ सय देखि ५ हजार सम्मको माछाका भुरा पोखरीमा हाल्ने गरेको कषि कार्यालयले जानाएको छ ।

जिल्ला कृषि विकास कार्यालयले किसानलाई माछापालन सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक तालिम समेत दिने गरेको छ । जिल्लाको बेनी नगरपालिकासहित राखुपिप्ले, ज्यामरुककोट, भूरुङ–तातोपानी, घार, ताकम, बाबियाचौर, बराङ्जालगायतका क्षेत्रमा व्यावसायिक माछापालन गरिएको छ । म्याग्दीमा ग्रासकार्प, कमनकार्प, ट्राउट लगायत जातका माछाहरु पाल्ने गरिएको छ ।

  • प्रताप बानियाँ/उज्यालो अनलाईन

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...