CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

नेपालमा लसुन खेतीको सम्भावना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७काठमाडौं,६वैशाख:परिचयः नेपालमा उत्पादन गरिने विभिन्न मसाला बालीहरूमध्ये हिउँदमा खेती गरिने लसुन एक महत्वपूर्ण तुषारो सहने नगदे बाली हो । धान काटिसकेपछि जग्गालाई विल्कुलै खनजोत नगरी धान काटेको गाँजको ठुटामा लसुनको केस्रा रोपी छापोलगाई लसुन उत्पादन गरिने प्रविधिलाई शून्य खनजोत लसुन खेती भनिन्छ । जमीनमूनि फलेको लसुनको भागलाई नेपालीमा गानो, मैथिलीमा झावा र भोजपुरीमा ढेरी तथा छ्ट्याईएको एउटा भागलाई नेपालीमा पोटी वा केस्रा, मैथिली र भोजपुरीमा दाना भनिन्छ ।
नेपालमा जलवायु परिवर्तनका नकरात्मक प्रभावले धान काटी सके पछी सिंचाईको अभावमा कतिपय खेतबाँझै रहने गरेको पाईन्छ ।

यसरी बर्षा मौसमको उत्तरार्धमा कम पानी पर्नाले र हिउँदमा पानी नपरी सुख्खा खडेरी हुने तराईमधेश तथा पहाडका उर्वर जमीनहरू खेर गईरहेका छन् । धान काटी सके पछी खेतमा रहेको अवशेष चिस्यानको उपयोग गरी लसुन बाली लगाउन सकिएमा थप आयआर्जन गर्न सकिन्छ । लसुन उत्पादन पश्चात अर्को केही महिनासम्म भण्डारण गरी अत्याधिक आम्दानी गर्न सकिने बाली हो ।


एफ ए ओको कृषिमा जलवायु परिवर्तन अनुकूलन आयोजनाबाट सञ्चालित कृषक पाठशालाले उदयपुर र सिराहा जिल्लामा गरेको शून्य खनजोतमा धानको गाँजमा लसुन उत्पादन परीक्षण अत्यन्त सफल भएको छ । यस विधिमा माटो खनजोत नगरी बीउ रोपिन्छ र धान काटेपछी खेर जाने परालको टुुक्राहरू छापोको रूपमा उपयोग गरिन्छ । ढिलो फल्ने धानका जात लगाएको जग्गामा खनजोत गर्न समय नहुने खालका जग्गा शून्य खनजोत विधिमा आधारित लसुन खेतीका लागि उपयुक्त हुन्छ ।

यसरी कम खर्च र मिहनेत, तथा पानीको अभावमा पनि धानको गाँजमा ठूलो क्षेत्रफलमा लसुन लगाएर देशमा लसुनको आपूर्ति र आयात घटाउन र नगद आम्दानी गरी किसानहरूको जीविकोपार्जनमा सुधार गर्न सकिने प्रशस्त अवसर रहेको छ ।


महत्वः लसुनतरकारी, माछा र मासुमा स्वाद र सुगन्धका लागि मसालाको रूपमा प्रयोग गर्ने चलन छ । यसबाहेक आचार,क्याण्डी, टमाटर केचप आदीमा प्रयोग गर्ने गरिन्छ । यसमा रूघाखोकी, आँखा पाक्ने, कान दुखने, पेट दुख्ने, जुका पर्ने, ग्यास्ट्रीक आदिको उपचारको लागि औषधीय गुण समेत भएको मानिन्छ । लसुन कीट तथा रोगनाशक जैविकविषादी बनाउन प्रयोग गरिन्छ । लसुनमा एलिसिन नामक रसायन भएकोले यसले ग्राम नेगेटीभ जीवाणु र विभिन्न ढुसीहरूको वृद्धिमा रोकथाम गर्दछ । लसुुनको तेल प्रयोग गर्नाले लामखुट्टे र त्यसको फुल र लार्भाहरू मर्छन् ।

घरको झिङ्गा, आलुको पुतली तथा नरिवल र सुपारीको रातो खपटेको अण्डामा यसको तेल छर्नाले लार्भा निस्कन सक्दैन । लसुनले बाथको रोगमा फाईदा गर्नुका साथै घाँटी फोक्सोलाई सफा राख्दछ । लसुनले एन्टीसेप्टीकको काम गर्दछ । यसको दैनिक सेवनले हृदयरोग, रक्तचाप र रगतको कोलेस्टरोल घटाउँछ ।


लसुनको १०० ग्रा. तौलमा ६.३ ग्रा. प्रोटिन,०.१ ग्रा.चिल्लो पदार्थ, ०.५ ग्रा. रेसा, १ ग्रा. खनिज पदार्थ, २० ग्रा. कार्वोहाईड्रेट, ३० मि.ग्रा. क्यालसीयम, ३१० मि.ग्रा. फसफोरस, १३ मि.ग्रा. भिटामिन सि.,१.३ मि.ग्रा. फलाम, ०.१६ मि.ग्रा. राइबोफ्लेविन, ०.४ मि.ग्रा. निकोटिनिक एसिड र १४२ क्यालोारी शक्ति पाईन्छ ।


हावापानीः लसुनलाई चिसो हावापानी आवश्यक भएकोले छोटो दिन र लामो रात उपयुक्त हुन्छ । समुद्र सतहबाट १५०० मीटरसम्मको उचाई, १६–२२ डिग्री. सेन्टीग्रेड तापक्रम, १० घण्टा लामो प्रकाश अवधी भएको दिन र ६० प्रतिशत सापेक्षिक आर्द्रता भएको उपयुक्त मानिन्छ ।
जग्गाको छनौटः धान काट्ने बेला तथा काटेपछि अवशेष चिस्यान भएको,माटोमा प्रांगारिक पदार्थ प्रशस्त भएकोे, पानी नजम्ने, बलौटे दोमट, माटोको पी. एच. ५.८ देखि ६.८ उपयुक्त हुन्छ ।


जग्गाको तयारी ःखनजोत नगर्ने, धान काट्ने बेला तलबाट काट्ने (१–२ईन्च छाडेर), यदि धानका गाँजको ठुटाहरू अग्ला भएमा १.५ देखि २ ईन्चसम्म छाडी हँसियाले काट्नु पर्दछ । काटेका ठुटाहरू खेतमै छापोको लागि छाडनु पर्दछ । खेतमा झारहरू भए उखेल्नु पर्दछ ।


यदि खेतमा पाईला गडने छ भने खेतमा चिस्यानको मात्रा बढी छ भन्ने बुझ्नु पर्छ । यस्तो खेतमा लसुन रोपदा कुहिने डर हुनाले केही दिन पर्खनु पर्ने ह्ुन्छ । ।धान काटी सकेपछि पनि पानी जम्ने भएमा पानी निकास गरी खेत सुकाएर शुन्य खनजोत विधि अपनाउन सकिन्छ ।
लगाउनेसमयःतराई मधेश तथा उपत्यकामा असोज कार्तिकसम्म लगाउँदा उपयुक्त मानिन्छ । ढिलोमा मंसिरको दोश्रो हप्तासम्म लगाउँदा धेरै उत्पादन घट्दैन । तर पहाडी क्षेत्रमा भाद्रको चौथोहप्ता देखि कार्तिकसम्म लसुन रोपनु पर्दछ ।


जात, बीउको छनोट तथाबीउ दरः मार्फा स्थानीय, गोदामचौर स्थानीय, पाटन स्थानीयजातहरू बढी प्रचलनमा रहेका छन् । सि. ओ २, यमुना सफेद १, यमुना सफेद २ आदि जातहरू प्नि सिफारिस भएका छन् । मध्य तथा उँच्च पहाडका किसानहरू भोटे लसुन तथा चीनका केही जातहरू लगाउने गरेका छन् । आकार, पोटी संख्या र स्वादको आधारमा लसुनको असल उत्पादनशिल जात छुटयाउन सकिन्छ । ठूला, आकर्षक, चाउरी नपरेका, स्वस्थ्य र पुष्ट पोटी बीउमा प्रयोग गर्नु पर्दछ । गानोको बाहिरी भागका केस्राहरू बीउका लागि राम्रो मानिन्छ । यदि शीतभण्डारणबाट निकालिएको भए १ हप्तासम्म बाहिर राखेर मात्र बीउमा प्रयोग गर्नु पर्दछ । प्रति कठ्ठा १२ देखि १५ किलो र प्रति रोपनी २० देखि २५ किलो बीउ चाहिन्छ ।


लगाउने विधिःरोप्नुभन्दा अगाडी लसुनको पोटी वा केस्रालाई छुट्याईन्छ । रोप्दा जराको भाग तल र टुसाको भाग माथि गरेर रोप्नुपर्छ । साधारणतया लसुन बोट देखि बोट १०से.मी.मा र हार देखि हार १५ से.मी.मा रोपिन्छ तर शून्य खनजोत प्रविधिमा धान रोपेको गाँजमै लसुन रोप्ने गरिन्छ ।
धान काटेको १, २ दिन पछि १.५ देखि २ ईन्चमा गाँजको ठुटो काटिन्छ । यसरी काटिएको धानको गाँजको ठुटाभित्र जमीन मुनि बाँसको सुइरो वा फलामको रडको सहायताले ३ देखि ५ से.मी. गहिरो प्वाल बनाउनु पर्दछ । अनि सोही प्वालमा लसुनको पोटी जरामुनि पर्ने गरी बुढी औला र चोर औलाको सहाराले रोप्नु पर्दछ ।


छापो दिनेःलसुन रोपि सकेपछि पुरै खेत १० से. मी. वा सो भन्दा बढी बाक्लो पराल, भुस वा खर वा जलकुंभीकोे छापो दिनु पर्दछ । यसरी छापो दिनाले चिस्यान कायम रहनुका साथै झारपात नउम्रिने, माटोमा पानीसोस्ने, प्रांगारिक पदार्थ थपिने, जैविक गतिविधि बढने गर्दछ । साथै छापोले लसुनको गानो र बोटको भार पनि थेग्न मद्दत गर्दछ ।


सिंचाईः खेतमा भएको चिस्यानले गर्दा बीउ उम्रन्छ । सिंचाईको पटक र मात्रा कति आवश्यक पर्दछ भन्ने कुरा माटोको किसिम र मौसममा निर्भर गर्दछ । खेतको चिस्यान उपयोग गर्नका लागि खनजोत नगरी रोपिने र परालको छापोले छोपिने हुँदा आवश्यक मात्रामा चिस्यान रहने भई लसुनको आवश्यकता पूर्ति हुन जान्छ । गानोको बृद्धिविकासको लागि माटोमा उपयुक्त चिस्यान हुने गरीवानस्पतिक बृद्धि र गानो बढ्नेबेला सिंचाईं दिनु आवश्यक हुन्छ ।


मलखादः समान्यतया यस प्रविधिमा मलखाद प्रयोग नगरीकनै लसुन उत्पादन गरिन्छ । धानको गाँज र छापो गल्दै जाँदा लसुनले खाद तत्व प्राप्त गर्दछ । मलखाद दिनु पर्दा लसुन रोप्नुभन्दा अगावै प्रति कठ्ठा ०.५ देखि १ टन धुलो बनाई गोठेमल, २ किलो यूरिया, ४किलो डी.ए.पी. र २ किलो म्यूरेट अफ पोटास छर्नु पर्दछ। उक्त मल छापोले राम्रोसंग छोपिएको हुनु पर्दछ ।
बिरूवाको बृद्धि विकास र गानोवृद्धिको लागि बिभिन्न बिरूवाबद्र्धक सुक्ष्मतत्वहरू जस्तैः मिराकुलान वा किप्लान १ मि.लि.रमल्टीप्लेक्स २–३ मि.लि.प्रति लिटर पानीको दरले रोपेको २५–३० दिनपछि १५ देखि २० दिनको अन्तरालमा छर्किनु पर्दछ
गोडमेल ः खेतमा झारपात देखिएमा झारपात हटाउनु पर्दछ अन्यथा यस विधिमा गोडमेलको आवश्यकता पर्दैन ।


रोग किरा व्यवस्थापनःलसुनका थ्रीप्स र लाही किरा र पर्पल ब्लच,डढुवा, डाउनी मिल्ड्यू र कालो पोके रोग बढी लाग्ने भएकोले व्यवस्थापनको लागि प्राविधिकको सल्लाहमा ब्यवस्थापन गर्नु पर्दछ । । पशुवस्तुको गहुँतबाट बनेको घरेलु वानस्पतिक विषादी वा गितीमल प्रयोग गर्नु पर्दछ ।
बाली टिपाई तथा बजार ब्यस्थापनःसाधारणतया बोटका पातहरू पहेंलिन र सुक्न थालेपछि बाली तयार भएको हुन्छ । परिपक्व वा धेरै नसुकाई गानो चोटपटक नलाग्ने गरी हातले उखेल्नाले भण्डारणमा क्षति कम हुन्छ । गानोलाई बोटसहित २–३ दिन घाममा सुक्न दिनु पर्दछ । राम्ररी सुकेपछि गानोदेखि ३–४ से.मि. माथिबाट डाँठ र तल जराहरू काटेर हटाउनु पर्दछ । तत्पश्चात गानोलाई छायाँमा ७–१० दिन राखी राम्ररी सुक्न दिनु पर्दछ ।

गानोको बोक्रा र घाँटी राम्ररी सुकेर कस्सिने बेलासम्म सुकाउन आवश्यक हुन्छ । गानोको भण्डारण क्षमता बढाउन बोक्रा र घाँटीको चिस्यान हटाउनु पर्दछ । सुकेको गानोलाई बाँसको ¥याक बनाई भण्डारण गरिन्छ । गानोको छनौट गरी मागअनुसार नजिकको स्थानीय बजार र बाहिरको बजारमा विक्री गर्न सकिन्छ । यदि लसुन प्रशोाधन गरेर पेस्ट, पाउडर, तेल, आदि बनाएर निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
उत्पादनः परम्परागत तरिकामा भन्दा यो प्रविधिबाट खेतीगर्दा लसुन उत्पादन बढी हुन्छ । बोटहरू फराकिलो दूरीमा हुने, गानो जमिनभन्दा माथि बढ्ने हँुदा माटोको दबाब नपर्ने जस्ता कारणबाट गानोको आकार ठूलो हुन्छ । धानको ठूलो गाँज भएमा त्यसमा लगाईने लसुन पनि ठूलो नै फल्छ । परम्परागत तरिकाबाट खेती गर्दा प्रति कट्ठा १०८ कि.ग्रा. र यस प्रविधिबाट लसुन खेती गर्दा प्रतिकठ्ठा १५३ कि.ग्रा. अर्थात डेढ गुणा बढी उत्पादन हुन्छ । यसबाट करीव प्रतिकठ्ठा रू. १० हजार देखि १५ हजारसम्म आम्दानी गर्न सकिन्छ ।


सावधानीःछापोमा लसुन खेती गर्दा पानी बढी दिएमा कुहिने वा पहेलिने हुन्छ रछापोमा मुसाले माटोमा दुलो बनाउन सक्ने भएकोले विशेष ध्यान दिनु पर्दछ ।
अतः लसुन नगदे तथा धेरै महत्वपूण बाली भएकोले जलवायु परिवर्तन अनुकूलनका लागि शून्य खनजोत विधिबाट प्रति ईकाइ उत्पादन लागत घटाउन तथा लसुन लगाउन ढिलो भएमा धानको गाँजमा लगाएर कृषकहरूले बढी आम्दानी लिइ जीविकोपार्जन सुधार ल्याउन सकिन्छ । यसलाई स्थानीय सरकारहरूले आफ्नो कार्यक्रममा बजेट विनियोजित गरी हालमा देखिने प्याजको जस्तो महंगाईबाट स्वदेशी उत्पादन प्रवर्धन तथा आयात घटाउन सकिन्छ । (मधेश दर्पण)

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...