CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

पैदल हिँडेका मजदुरलाई खाना खाजा खुवाउँदै घर पठाउँदै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७धादिङ, ७ वैशाख:कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो बन्दाबन्दी (लकडाउन) पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् ।

धादिङका विभिन्न स्थानलगायत काठमाडाँै, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका स्थानीय तहको सरकार र सामाजिक अभियानकर्मीको सक्रियतामा उनीहरूलाई सहयोग गरिएको हो ।

धादिङ प्रवेशपछि नौबिसेमा स्थानीय सामाजिक कार्यकर्ताको सक्रियतामा बटुवा र खटिने सुरक्षाकर्मीलाई फलफूल खुवाइएको छ । मधुकुमार श्रेष्ठको सक्रियतामा फलफूल वितरण गरिएको हो । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि मजदुरी गर्नेहरु खाने समस्या परेका कारण लामो दूरी हिँडेरै घरतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि धादिङको थाक्रे गाउँपालिकाले स्थानीय युवाको सक्रियतामा महादेवबेँसीमा ५०० मजदुरलाई खाजा र पानी खुवाइएको छ । गजुरी गाउँपालिकाले आदमघाटमा १५० मजदुरलाई खाना खुवाएको छ । पैदलयात्री ३०० मजदुरलाई खाना, खाजा खुवाएको आदमघाटबाट विष्णु श्रेष्ठले जानाकारी दिनुभयो ।

गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साताअघिदेखि पैदलयात्री मजदुरलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४०० मानिसले खाजा खाएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाले जानकारी दिनुभयो ।

चरौँदीमा स्थानीय युवाको सक्रियतामा पैदल हिँडेका मजदुरलाई खाजा र पानीको व्यवस्था गरिएको छ । करिब ३०० मानिसलाई खाजा खुवाइएको हो । धादिङ प्रवेश गरेपछि जुन क्षेत्रमा मजदुरलाई स्थानीय सरकारहरुले फेला पार्छ त्यही स्थानीय सरकारले खाना खाजा खुवाउने र कुनै न कुनै सवारी साधनमा चढाएर पठाउन थालेका कारण राजमार्ग क्षेत्रमा मानिस हिँडेको नदेखिएको चरौँदीबजार निवासी राममणि थपलियाले राससलाई जानकारी दिनुभयो ।

यसैगरी धादिङको सिमाना जोडिएको चितवनको इच्छाकामना गाउँपालिकाले बटुवालाई खाना खाजा खुवाएर प्रहरीको सहयोगमा मजदुरलाई गाडी चढाएर घरतर्फ पठाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि सडकमा पैदलयात्री नभएको र कोही यो अवस्थामा भोकै बस्नु नपर्ने भन्दै स्थानीय सरकार सक्रिय भएका हुन् । (रासस)

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...