CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

काफल पाक्यो तर भोटे फर्केनन् !

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
– निरज थकाली

७७ ठिनी, ७ वैशाख: हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बन्नुभएको छ । गत मङ्सिरमा (पोखरा) झर्नुभएकी उहाँ गाउँ फर्कन नपाएर हैरान हुनुभएको हो । गाउँ फर्कने तयारीमा रहेका बेला सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरेकाले पोखरामै अलपत्र पर्नुभएको हो ।

हिमाली भेकका बासिन्दालाई गर्मी ठाउँ फाप्दैन । “पोखरामा गर्मीले बस्नै गाह्रो भयो । खाना पनि रुच्दैन”, ६८ वर्षीया गुरुङले टेलिफोनमा भन्नुभयो, “गाउँ सम्झँदै धुरुधुरु रोइरहन्छु ।” उहाँको गाउँ लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ढेगाउँमा छ ।

यस्तो व्यथा छिरिङ एक्लैको मात्र होइन, पोखरासहित अन्य ठाउँमा जाडो छल्न झरेका मुस्ताङीको सङ्ख्या ५५० भन्दा बढी भएको अनुमान छ । “गाउँ जान नपाएर मुस्ताङी अलपत्र परेका छन्”, गण्डकी प्रदेशसभा सदस्य एवं उपल्लो मुस्ताङ लो–मन्थाङका बासिन्दा इन्द्रधारा विष्ट भन्नुहुन्छ, “हामीले सम्पर्कमा आएका ३४९ जनालाई प्रदेश सरकारमार्फत राहत वितरण गरिसक्यौँ ।”

जाडो शुरु हुनेबित्तिकै मङ्सिरमा मध्यपहाड र तराईमा झर्नु र गर्मी शुरु हुँदा हिमालतिर उकालो लाग्नु मुस्ताङीको जीवनशैली हो । पोखरा, काठमाडौँ र भारत झर्नेहरू जिम्बु, जडीबुटीसहित खिच्रिङमिच्रिङ र कपडाको व्यापार गर्थे । कतिपय जाडो छल्नका लागि मात्र कोठा भाडामा लिएर दिन बिताउँथे । उनीहरू गाउँ फर्कंदा पहाडी भेगमा चराको आवाज सुनिन्थ्यो, ‘काफल पाक्यो ! काफल पाक्यो !’ यही परिवेशमा पहाडी समुदायबीचमा एउटा भनाइ नै प्रचलित बन्यो, ‘काफल पाक्यो, भोटे फर्कियो ।’

त्यतिमात्र होइन, भोटेहरू घोडा, खच्चड, काम्लो, रासन र बक्खु लगाएर उकालो लागेपछि पहाडिया र तराईवासी बर्खामासको स्वागतमा तयार हुन्थे । भोटेहरू पनि औल फाप्दैन भनेर काफल चरीको आवाज सुन्दै थातथलो फर्कन्थे । समयको परिवर्तनसँगै, तराई, पहाड र भोटमा स्वास्थ्य, यातायात र शिक्षा क्षेत्रमा विकास हुँदै आयो । भोटेहरू पनि सधैँ पहाड र तराईमा बस्न थाले, औलोको डर कसैलाई भएन । मोटर तथा हवाईजहाजमा एकै दिनमा हिमाल पुग्न सक्ने भए । त्यतिमात्र होइन इन्टरनेटले संसारलाई नै जोडेसँगै उनीहरू संसारका हरेक कुनामा व्यापार गर्न सक्ने भए ।

सबै समयअनुसार परिवर्तन हुँदै गयो तर मौसम परिवर्तन भएन । पुर्खाहरू पैदल वा घोडामा व्यापार गर्थे, अहिलेको नाति पुस्ता मोटर वा हवाई यात्रा गरेर भारतसम्म पुगेर व्यापार गर्न थालेका छन् । सधैँ बेलैमा उनीहरू गाउँ फर्कन्थे । तर यसपालि नसोचेको भयो । नचाहँदा नचाहँदै उनीहरूले एक महिनाभन्दा बढी समय बेँसीमै बस्नुपरेको छ । “अझै कति दिन पोखरामै बस्नु पर्ने हो”, थासाङ गाउँपालिका–२ नाउरीकोटका ९१ वर्षीय भक्तिप्रसाद गौचन भन्नुहुन्छ, “यत्रो उमेर भो, यस्तो महामारी त कहिल्यै भोग्नुपरेको थिएन ।”

विषेशगरी उपल्लो मुस्ताङका स्थानीयवासी बक्खु लगाएर गर्मी ठाउँमा बस्न बाध्य छन् । “हिमाली जनता मर्कामा परेका छन्”, सासंद प्रेमप्रसाद तुलाचन भन्नुहुन्छ, “चिसो वातावरणमा बाक्लो कपडा लगाएर बस्नुपर्ने नागरिक हाल गर्मीमा बाक्लो कपडामा कसरी बसेका होलान् !”

हिमाली भेगमा फागुन महिनादेखि खेतीको समय शुरु हुन्छ । वर्षमा एक बाली मात्र लगाइन्छ, त्यो बाली असोजमा भित्र्याइन्छ । तत्काल बाली लगाउन नपाए खेती बाँझो रहने सम्भावना हुन्छ । “पोखरातिर अलपत्र परेका नागरिकलाई गृह जिल्लामा फर्काउने पहल गरेका हौँ”, सासंद तुलाचनले भन्नुभयो, “माथि पहिल्यैदेखि बसिरहेकाहरू बाहिरबाट गाउँले आउँदा कोरोनाको सङ्क्रमण हुने डरले त्रसित भएकाले समस्या भएको छ ।”

लकडाउनले पुस्तौँपुस्ताको व्यापार र स्थानीयवासीको दिनचर्या नै परिवर्तन गरिदियो । त्यसैले परापूर्वकालदेखि चलेको भनाइ ‘काफल पाक्यो, भोटे फक्र्यो’ यसपालिका लागि ‘काफल पाक्यो तर भोटे फर्केन’ भनेझैं भयो । तैपनि गाउँलेको आशा मरेको छैन । “हाम्रो ठूलो चुनौती भनेकै गर्मी हो”, छिरिङले आग्रहको भाकामा भन्नुभयो, “हाम्रो व्यथा बुझेर सरकारले चाँडोभन्दा चाँडो हामीलाई गाउँ जान दिए हुन्थ्यो ।”
––– (रासस)

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त...

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४३

  काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको...

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३ लाख रुपैयाँ नाघ्यो, आम्दानी बढ्दा पनि खर्चले दबाब

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:११

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...