CG Electronics
IME Life
NIMB

भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

NIMB
Himalayan Bank

काठमाडौं –सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो ।

समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको छ ।

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको समाचार हालै प्रकाशमा आएको हो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी)को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

समाचारमा दावी गरिए अनुसार आइटिबिपीको गस्ती टोलीलाई चिनियाँ सेनाले ‘लाइन अफ एक्च्यूअल कन्ट्रोल’ (एलएसी) बाट नियन्त्रणमा लिएको हो । चिनियाँ सेनाले भारतीय घुसपैठ बढ्न थालेपछि पछिल्ला दिनमा एलएसीमा आफ्नो उपस्थिति बढाएको छ । सोही क्रममा भारतीय सैनिक टोलीलाई हतियारसहित नियन्त्रणमा लिएको समाचार प्रकाशमा आएको हो ।

 


भारतले भने सीमा क्षेत्रमा चिनियाँ घुसपैठ बढेको आरोप लगाउने गरेको छ । चीनले भने सीमा क्षेत्रमा पछिल्लो समय भारतीय सेनाको उत्तेजक गतिविधि बढेको र एलएसीबाट घुसपैठ हुन थालेपछि सतर्कता बढाइएको टिप्पणी गरेको छ ।

चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा भारतीय सुरक्षाकर्मीलाई केही समयपछि मुक्त गरेको जनाइएको छ । भारत सरकारका तर्फबाट यस घटनाबारे केही प्रतिक्रिया जनाइएको छैन । भारतीय सेनाले भने औपचारिक प्रतिक्रिया जनाउँदै उक्त समाचारमा सत्यता नभएको जनाएको छ । सामान्यतया फौजले आफू पराजित भएको, आफ्ना सुरक्षाकर्मीको हतियार खोसिएको वा बन्धक बनेको स्वीकार गर्दैनन् ।

लद्दाख क्षेत्रमा तीन सातादेखि नै दुई मुलुकका सेनाबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । पटक पटक वार्ता भए पनि अझै समस्या समाधान नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही दिन यता उक्त क्षेत्रमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालदेखि लिएर सेना प्रमुखसमेत वस्तुस्थिति बुझ्नका लागि पुगेका छन् ।

सीमा क्षेत्रमा भारतको उत्तेजक गतिविधि बढेपछि चीनले आफ्ना सेना तथा सैन्य उपकरणमा भारी बढोत्तरी गरेको बताइएको छ । कतिपय समवेदनशील क्षेत्रमा चीनले दुईदेखि तीन गुणासम्म सैनिक संख्या थपेको बताइएको छ ।

लद्दाख क्षेत्रमै पटक पटक सैनिकस्तरमा झडप भएपछि चीनले आफ्नो सीमा क्षेत्रमा सैनिकको उपस्थिति र उपकरणहरुको तैनाथी बाक्लो तुल्याएको हो ।(ratopati.com)

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...