CG Electronics
IME Life
NIMB

क्रियशन र कोकाकोलाद्वारा नेपालका ३२०० वेस्ट वर्करहरुलाई राहत वितरण

NIMB
Himalayan Bank

काठमाडौं –नेपालमा कोकाकोलासँगै क्रियशनले वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लूडब्लूईआरपी) नामको संयुक्त पहलको घोषणा गरेको छ जसको लक्ष्य जोखिममा रहेका वेस्ट वर्करहरु र उनीहरूका परिवारहरूलाई भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुर्याउन जागरूकता, सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्ने रहेको छ । यो परियोजना कोकाकोलाको कोभिड—१९ बिरूद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा हो ।

यस परियोजनाको पहिलो कार्यक्रम १५ मेई, २०२० मा काठमाडौंको बुढानिलकण्ठस्थित वुमन फर ह्युमन राइटमा आयोजना गरिएको थियो जहाँ १५० वेस्ट वर्करहरुलाई सुरक्षा सम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको थियो ।

हालसम्म ४ राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् जसले ४६० वेस्ट वर्करहरूलाई प्रत्यक्ष लाभान्वित गरेको छ । तिनीहरूलाई सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज र महिला लाभार्थीहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको आजीविका सुरक्षाको लागि वातावरण मैत्री र पुनःप्रयोगयोग्य सेनिटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, डिटर्जेन्ट, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो ।

 

      
यस बाहेक, मेई २५ तारिखको राहत कार्यक्रममा १०० जना अग्रपङ्गतीमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक जम्पसुटहरू र सुरक्षा सामग्रीहरू प्रदान गरिनेछ र यस कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको पनि उपस्थीति रहने छ ।
डब्लुडब्लूईआरपी प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रीसाइक्लर, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभ (एचसीआई) का संयुक्त सहयोग हो जसले परियोजनाको व्यापक पहुँचका लागि आफ्नो सञ्जालमा रहेका वेस्ट वर्करहरुको सूची प्रदान गरेका थिए ।
यो पहलको उद्देश्य संकटको वर्तमान अवस्थामा ३२०० वेस्ट वर्करहरु र उनीहरुका परिवारहरुसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो जहाँ २५०० भन्दा बढि वेस्ट वर्करहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उक्त परियोजना काठमाडौं, किर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिनेछ ।
यस पहलका बारेमा क्रियशनका ंस्थापक तथा अध्यक्ष आनन्द मिश्राले “द कोका—कोला फाउण्डेशनको सहयोगमा यस पहल मार्फत वेस्ट वर्करहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं ।”
वुमन फर ह्युमन राइटकी स्थापक लिली थापाले “वेस्ट वर्करहरु पनि अन्य व्यवसायहरु जत्तिकै अग्रपङ्गतीमा रहेका छन् र व्यक्तिगत स्तरबाट हामी कम्तिमा आफ्नो घरको फोहोर फाल्नुअघि बेग्ला—बेग्लै छुटाइ दिन सक्छौं ।

यसबाहेक, यस्ता पहलहरु सामूहिक एकबद्धता र उनीहरुको कामप्रति सम्मान देखाउने उत्तम तरिका हो ।”
कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले “कोभिड—१९ महामारीले हामी सम्पूणका लागि निकै चुनौतिपूर्ण समय निम्त्याएको छ । हामी सबै यो मुस्किल परिस्थितीको सामना गरिरहेको बेला अग्रपङ्गतीमा काम गरिरहेका र महामारीका कारण जोखिममा रहेका वेस्ट वर्कर समुदायलाई यो निकै ग्राहो भएको छ । हाम्रो निष्कपट सहयोग मार्फत हामी उनीहरुले कोरोना भाइरसको नकारात्मक परिणामहरु भेग्नु नपरोस् भनेर सुरक्षा र उनीहरुको जीवीकोपार्जनको रक्षा गर्न प्रयासरत छौं । यो कोभिड—१९ महामारीको लडाइमा हामी उनीहरुका साथमा छौं ।”

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...