अहिले अर्थ मन्त्रालयमा धमाधम बजेट लेखनको काम तिव्र
Sunday May 24, 2020
वि.सं.२०७७ जेठ ११ आइतवार १६:४६

काठमाडौं –आगामी १५ जेठमा सरकारले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउदैछ । अहिले अर्थ मन्त्रालयमा धमाधम बजेट लेखनको काम तिव्रतर गतिमा चलिरहेको छ ।
अर्थ मन्त्रालयको मूल ढोका नै थुनेर त्यहाँ बजेट लेखन कार्य चलिरहेको छ । सरकारले आगामी आर्थिक बर्षका लागि झण्डै सत्र खर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि स्रोत जुटाउन हम्मे हम्मे परिरहेको अबस्था छ ।
आगामी आर्थिक बर्षको बजेटमा स्वास्थ्य र कृषिक्षेत्रलाई विशेष फोकस गर्ने गरी बजेट आउने छ ।
जुन कुरा सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको छ ।
बजेट लेखनका लागि अर्थमन्त्री डा युवराज खतिवडाका साथै अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना र राजश्व सचिव रामशरण पुडासैनीका अलवा अर्थमन्त्री डा युवराज खतिवडाका छोरी ज्वाई डा रामशरण खरेलका साथै अर्थ मन्त्रालयका बजेट महाशाखा, राजस्व महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख लगायत संलग्न छन् । अर्थका अधिकारीहरुका अनुसार,बजेट लेखनको संयोजनको श्रीकृष्ण नेपालले गरिरहेका छन् । यस्तै आन्तरिक राजस्व विभागबाट मन्त्रालयमा तानिएका यज्ञ प्रसाद ढुंगेल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनिराम शर्मा,आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुषाल र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख झक्क प्रसाद आचार्य पनि बजेट लेखन टिममै छन् ।























