CG Electronics
IME Life
NIMB

रुकुम घटनाको छानविन गर्न ५ सदस्यीय छानविन समिति गठन

NIMB
Himalayan Bank
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले गत १० गते रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् ।

मंगलबार राष्ट्रियस भामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभाग, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।

त्यस अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले पश्चिम रुकुममा दलित युवाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कारवाही गर्न माग गरेका थिए । उनले घटनामा सरकारले चालेको कदमबारे जवाफ माग गरेका थिए ।

त्यस अघि राष्ट्रियस भामा गृहमन्त्रीले दिएको जानकारी अनुसार रुकुम पश्चिम चौरजहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौरजाहारी पुगेका थिए ।

भगाई लाने पक्ष र केटी पक्षका बीच झडप हुँदा केटी पक्षकाले भेरी नदीतर्फ लखेटेका थिए । केटा पक्षको सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षका ५ जनालाई अस्थायी प्रहरी पोष्ट राउत गाउँ र ७ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

गत जेठ १० गते राति १० बजे नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको सोही दिन साँझ ६ बजे टीकाराम सुनारको शव फेला परेको, जेठ १२ गते दिउसो वर्ष १७ का गणेश बुढाको शव फेला परेको थियो । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ ।

हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ । जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले बताए ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...