CG Electronics
IME Life
NIMB

एलजीद्वारा ४ लाखसम्मको बीमा अफर सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं –नेपालको प्रतिष्ठित उद्योग चौधरी ग्रुपले कोभिड १९ मा आफ्ना ग्राहकलाई राहत दिनका लागि एक वर्षे बीमा योजना सार्वजनिक गरेको छ ।

चौधरी ग्रुपले आर्थिक तथा सामाजिक कार्यमा संलग्न हुदै विभिन्न सामाजिक कामहरुको साथै नेपालमा आईपर्ने प्राकृतिक प्रकोप तथा अन्य क्षेत्रमा सामाजिक कार्य गरि आफ्नो उपस्थिति देखाउदै आईरहेको छ ।

यस कार्यक्रममा ग्राहकहरुले अनलाईन मार्फत बुकिङ तथा खरिद गर्न सक्नेछन् । कम्पनीको अनुसार कम्पनी र बीमा कम्पनी विच भएको शर्त तथा योजना अनुसार सम्पूर्ण जानकारी गराउने व्यवस्था गरेको वताएको छ ।

कम्पनीका अनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरि सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै ४ लाख सम्मको कोरोना भाईरस कोभिड १९ बीमा गर्न सक्नेछन् ।

हाल विश्वभर महामारीको रुपलिएको कोरोना भाईरस कोभिड १९ को प्रकोपलाई लक्षित गर्दै नेपालमा आफ्ना ग्राहकहरुको लागि बीमा गर्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक कार्य तथा हाल आएर नेपालमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट आफ्ना ग्राहकको सुविधा तथा स्वास्थ स्थितिको सुरक्षा चासो राख्दै उक्त कोरोना भाईरस बीमा गर्ने व्यवस्था गरेको हो ।

उक्त बीमा प्रक्रियाको सम्पुर्ण जानकारी आफ्नो वेवसाईट मा राख्ने कम्पनीले जनाएको छ । यो योजनाको सम्पूर्ण विवरण कम्पनीको अनलाईन वेवसाईट www.cgdigital.com.np र www.lgnepal.com  मा गएर हेर्न सकिने कम्पनीले बताएको छ ।

उक्त कार्यबाट हाल नेपालमा पनि महामारीको रुपमा आएको कोरोना भाईरस कोभिड १९ बाट सर्वसाधारण ग्राहकको साथै नेपाल सरकारलाई समेत सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

चौधरी ग्रुपले विगत ३ दशक अगाडि देखि नेपालमा इलेक्ट्रोनिक्स सामाग्रीको कारोबार गर्दै आएको छ । चौधरी ग्रुप अन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्स प्रा.लि. नेपालमा ईलेक्ट्रोनिक्स व्यवसायमा ग्राहकहरुलाई गुणस्तिरिय सामानहरु तथा बिक्री पछि को सेवा प्रदान गर्दै आईरहेको अग्रगामी इलेक्ट्रोनिक्स कम्पनी हो ।

सि.जी. ईलेक्ट्रोनिक्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डहरुलाई नेपालमा विक्री वितरण गरि ग्राहकहरुलाई सुविधा प्रधान गर्दै आएको छ । यस कम्पनीले आफ्ना ग्राहकहरुको लागि सामानमा गुणस्तर तथा विक्री पछिको सेवालाई प्रथामिकतामा राख्दै आईरहेको छ ।

यस योजनमा ग्राहकले विना कुनै झ्नझ्ट सहभागि हुन सक्नेछन् । यो योजना नेपाली नागरिकको लागि लक्षित गरेर सार्वजनिक गरिएको छ ।

यस योजनामा ग्राहकले आफुलाई आवश्यक परेको इलेक्ट्रोनिक्स सामान खरिद गर्न सक्नुको साथै आफ्नो स्वास्थ्यको लागि बीमा पनि हुने भएकोले यो योजना ग्राहकको रोजाईमा पर्ने कम्पनिले अपेक्षा गरेको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...