CG Electronics
IME Life
NIMB

विदेशमा अलपत्र नेपालीलाई ल्याउन सरकारले पहल

NIMB
Himalayan Bank

काठमाडौं – लकडाउनका कारण समस्यामा परेका भारतबाहेक तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई सरकारले स्वदेश फर्काउने भएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको कोडिभ १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले प्राथमिकता अनुसार विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने भएको हो ।

उक्त बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । सोही बैठकमा कस्तो अवस्थाका नागरिकलाई कुन–कुन चरणमा स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजना पनि प्रस्तुत भएको छ ।

अब परराष्ट्र मन्त्रालयले १० दिन भित्र स्वदेश फर्कन चाहने विभिन्न देशमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गरेर सूची तयार गर्ने जनाइको छ । त्यस्तै, सोही सूची अनुसार नागरिकहरुलाई स्वदेश फर्काइने जानकारी गराइएको छ ।

आज पेश गरिएको कार्ययोजनामा मन्त्रीहरुले दिएका सुभाव अनुसार थप परिमार्जन गरेर फाइनल गर्न मुख्य सचिव नेतृत्वको कार्यादललाई जिम्मा दिइएको बताइएको छ ।

यसै कार्य योजनाको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिनका लागि मन्त्रीहरु बालुवाटार पुगेका जनाइएको छ । यस अगाडि नै मन्त्रीपरिषद बैठकले छिमेकी राष्ट्र भारत लगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने नीतिगत निर्णय गरिसकेको छ ।

अब सम्बन्धित गन्तव्य मुलुक र दूतावाससँग समन्वय गरी कोरोना महामारीका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई विभिन्न चरणमा स्वदेश पर्काइनेछ ।

एक सातादेखि १० भित्र २५ हजारलाई ल्याइने

सरकारले यसक्रममा प्राथमिकताका आधारमा २५ हजार नेपालीलाई एक सातादेखि १० दिन भित्र नेपाल ल्याउने भएको छ ।

बिभिन्न देशबाट झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको तथ्यांक सरकारसंग सुरक्षित छ । सरकारले प्राथमिकताको आधारमा ल्याउन लागेकाहरुमा संयुक्त अरब इमिरेट्स युएइ, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीहरु समेत छन् ।

युएइमा फकाईन लागेका २८ जना बढी गर्भवती महिला छन् भने कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदार समेत छन् ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...