क्लियरिङ्ग हाउसको संचालकमा श्रेष्ठ र उपाध्याय नियुक्त
Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०३:२५

काठमाडौं–नेपाल क्लियरिङ्ग हाउसले सञ्चालक पदमा दुइ जना पदाधिकारी नियुक्त गरेको छ । नेपाल क्लियरिङ्ग हाउसले एक कार्यक्रमका बीच शुक्रबार ११३ औं संचलाक समितिको बैंठकबाट वाणिज्य बैंकका तर्फबाट नेपाल बंगलादेश बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा विकास बैंक समूहका तर्पmबाट गरिमा विकास बैंक लिमिटेडका उप महाप्रबन्धक, माधव प्रसाद उपाध्यायलाई संचालक पदमा नियुक्त गरिएको हो ।
यस अघि संचालक रहेका संचालकद्वय अनुपमा खुञ्जेली तथा प्रद्यूमन पोखरेल आफ्नो बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरि हाउसको उक्त संचालकपदहरु रिक्त रहेको थियो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।




























