CG Electronics
IME Life
Ncell NPL

हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखियो : मणि थापा (भिडिओसहित)

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारेका छन् । उनले भने,‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आईपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढुछ ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे । उनले भने,‘म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’ उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको दाबी गरे । उनले भने,‘हाम्रो पार्टी फुटको चरणमा छैन् । तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कुनै वैचारिक होईन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै थापाले हिजोको बैठकमा आफू अनुपस्थित् भएको पनि सुनाए । उनले भने,‘दुइृ अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित् भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गईनँ । तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङको बारेमा मेरो विरोध छैन् ।’
हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याईसकेको पनि उनले जानकारी दिए । उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ ।’ वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित् भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ । उनले भने,‘यसअघि वामदेव कमरेड अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबाट प्रस्तुत हुनुभएको थियो । तर, हिजो उहाँले ६ बुँदे प्रस्ताव ल्याएसँगै नेकपाको शक्ति समिकरणमा थोरै चेन्ज ल्याएको छ । सचिवालयको समिकरणमा पनि चेन्ज आएको छ ।’

उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको विश्वास व्यक्त गरे । उनले भने,‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ।’ एकताको मर्मपनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी सोही दिशामा आईपुगेको उनको तर्क छ । उनले भने,‘मेरो पनि यही धारणा हो । पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कमरेड कार्यकारी अध्यक्षको भूमिका रहने, चैत्रमा एकता महाधिवेशन्न सम्पन्न गर्ने हो । यो भनेको आम धारणा पनि हो ।’

उनले बहुमत÷अल्पमतको आधारमा नभई सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे । वामदेव गौतमको हिजो आएको प्रस्तावलाई लिएर गरिएको प्रश्नमा उनले नेकपामा कुनै तेस्रो धार नभएको स्पष्ट पारे । उनले भने,‘वामदेव एकताको पक्षमा आउनुभयो ।’ उनले अध्यक्षद्धय ओली र दाहालबीच छलफल हुने र सहमतिकै आधारमा स्थायी कमिटी बैठक बस्ने सुनाए ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...