स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ३५ करोड ६१ लख
Saturday Aug 15, 2020
वि.सं.२०७७ साउन ३१ शनिवार १९:३३

काठमाडौं – स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ३५ करोड ६१ लख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १५।७०५ ले कम हो । अघिल्लो वर्ष संस्थाले ४२ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा यस संस्थाले १ अर्ब २५ करोड ४८ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा १७।७४५ ले बढी हो ।
अघिल्लो वर्ष स्वावलम्बनको खुद ब्याज आम्दानी १ अर्ब ६ करोड ५६ लाख ६१ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष ६६ करोड २९ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा असार सम्ममा ५६ करोड ५३ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा अनुपात १।२२५ ले बढेर १।९९५ पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा ०।७७५ मात्रै थियो । खराब कर्जा बढेसँगै प्रोभिजनमा धेरै रकम छुट्याउनुपर्छ ।
अघिल्लो वर्ष ४ करोड ९२ लाख ३५ हजार रुपैयाँ रहेको प्रोभिजन असार सम्ममा ३४ करोड १ लाख ३४ हजार रुपैयाँ छ । यसले पनि नाफा घटाउन सहयोग पुगेको हो ।
चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ३६ करोड २५ लाख ५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ ९५ पैसा रहेको छ ।
























