CG Electronics
IME Life
NIMB

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ९पहिले एनसेल प्राइभेट लिमिटेड० ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदालिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार भदौ १८ देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

यस आकर्षक योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरे पछि त्यस प्याकको समयसिमा बाँकी भएसम्म ननस्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक रु १०० ९कर सहित रु १२७।६९० मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको ननस्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार मात्र रु २५ ९कर सहित ३१।९२० मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले ४ जीबीबोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० ९कर सहित रु १९१।५४० मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको ननस्टप युट्युब प्याक रु ३६० ९कर सहित ४५९।६८० मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

७ दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्नुहुने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० ९कर सहित मात्र २५।५४० मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१ ७१२३एस्ट्रिक्स१ह्यास डायल गरी ननस्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् ।

एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको बताए ।

“सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकहरु माझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।”

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेल आजियाटाले वायर फ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...