अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः प्रम आर्थिक सल्लाहकारको रुपमा सक्रिय हुने
Friday Sep 04, 2020
वि.सं.२०७७ भदौ १९ शुक्रवार ११:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा हटे पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः प्रम आर्थिक सल्लाहकारको रुपमा सक्रिय हुने बालुवाटार स्रोतले जनाएको छ । दुबै सदनको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउन नपाइने संविधानको व्यवस्थाअनुसार अर्थमन्त्री डा. खतिवडाले आजै राजिनामा दिन लागेका हुन ।
ओलीले सिंहदरवारबाट आउट भएका आफ्ना सारथीलाई बालु्वाटार इन गराउन लागेका छन । खतिवडालाई प्रम ओलीले पुनः प्रम आर्थिक सल्लाहकारको रुपमा सक्रिय हुने छन । अर्थमन्त्रालय आफैसँग राखेर मुख्य सल्लाहाकार खतिवडालाई हिडन अर्थमन्त्री बनाएर चलाउनेमा प्रम ओलीको रहेको छ ।
प्रधानमन्त्री ओलीले हाल मुख्य सल्लाहाकार रहेका विष्णु रिमाललाई हटाएर खतिवडालाई ल्याउन लागेका छन । रिमाल मुख्य सल्लाहाकारबाट पहिल्यै राजिनामा दिइसकेका व्यक्ति हुन । रिमाल विदा गराउन पार्टीकै बरिष्ठ नेताहरु लागिपरेका थिए । प्रधानमन्त्रीलाई कसैसंग भेट्न नदिने कटु आलोचक रिमाललाई हटाएपछि धेरै समस्याको समाधान हुने नेताहरुले बताएका छन । रिमालले यसअधिनै अमेरीकाको राजदुत मागेका थिए । रिमाललाई अमेरीकाको राजदुत बनाएर पठाउने तयारी ओलीले गरेका छन ।
ओलीले अहिलेको संकट टरेपछि खतिवडालाई पुन अर्थमन्त्रीमा ल्याउनेछन । सिंहदरवारमा अटाउन नसकेका खतिवडाप्रती ओलीको ठुलो भरोषा छ । प्रधानमन्त्रीलाई रिजाउन सक्ने खतिवडा पुन शक्तिशाली जिम्मे वारी रहने कुनै दुविधा छैन । सल्लाहाकारको भुमिका दिने भन्नेबारेमा ओलीले मुख खोलेका छैनन ।
गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिए पनि उनी पुनः ६ महिने मन्त्री बनेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतम लैजाने पार्टीले निर्णय गरिसकेको छ ।























