CG Electronics
IME Life
Ncell NPL

वीरगंजमा कोरोनाको बहानामा निजी अस्पतालले उपचार नगर्दा फेरी एक युवकले ज्यान गुमाए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

वीरगंज । कोरोनाको बहानामा निजी अस्पतालले उपचार नगर्दा नागरिकले ज्यान गुमाइरहनु परेको बेला सरकारी अस्पतालले पनि कोरोनासँग लक्षण मिलेको भन्दै उपचार गर्न छाडेको छ । वीरगञ्जको नारायणी अस्पतालले सामान्य श्वासप्रश्वासका बिरामीको समयमै उपचार नगर्दा एक युवकले ज्यान गुमाएका छन् । आइतबार दिउँसो अस्पताल भर्ना भएका बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय विक्रम चौधरीको उपचार नपाउँदा ज्यान गएको आफन्तजनले दावी गरेका छन् । छाति र श्वासप्रश्वासको समस्या देखिएपछि चौधरीलाई आइतबार दिउँसो अस्पताल पुर्‍याइएको थियो । नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा कोभिडसँग लक्षण मिलेकाले पहिला पीसीआर परीक्षण गर्नुपर्ने भन्दै भर्ना नलिएपछि नारायणी अस्पताल लगिएको थियो । नारायणी अस्पतालको इमर्जेन्सि वार्डमा राखिएका चौधरीको पीसीआर परीक्षणका लागि श्वाव संकलन गरिएको भए पनि रिपोर्ट आउन ढिलो भए पछि उपचार अभावमा उनको ज्यान चौधरीका आफन्तको आरोप छ ।


दिउँसो भर्ना भएका चौधरीको राति ८ बजे ज्यान गएको थियो ।
उपचार लगत्तै श्वाव संकलन गरेर २ घण्टाभित्र रिपोर्ट आउने बताएको भए पनि आइतबार दिनभरजसो ल्याबका स्वास्थ्यकर्मी आन्दोलित हुँदा रिपोर्ट आउन ढिला भयो ।श्वासप्रश्वासको समस्याले ग्रस्त भएका चौधरीलाई अक्सिजन दिइएको भए पनि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले अक्सिजनको मात्रा राम्रोसँग नहेरिदिँदा चौधरीको ज्यान गएको परिवारको दावी छ । ज्यान गइसकेपछि आएको चौधरीको पीसीआर रिपोर्ट भने नेगेटिभ छ । यस विषयमा बुझ्न नारायणी अस्पतालका मेडिकल सुपारीटेण्डेन्टलाई पटक(पटक सम्पर्क गर्न खोज्दापनि उनको फोन उठेन ।

 

 

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...