CG Electronics
IME Life
NIMB

आइएमई पे एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगे

NIMB
Himalayan Bank

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ ।

यस सहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आउनुभएको छ ।

डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस ९ज्ञंं० मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिनेछ । यो योजना आजै २०७७ असोज १८ गतेबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउनुहुन्छ ।
आमसेवाग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जाने ढकालले बताउनुभयो ।

नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एप मार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीहरूको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडी बढिरहेको छ ।
पछिल्लो समयमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९० का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्स लगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु¥याउन र एप मार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...