CG Electronics
IME Life
NIMB

दशैंलाई लक्षित गरी  मंगलबारदेखि यात्रु हेल्प डेस्क राखिँदै 

NIMB
Himalayan Bank

काठमाडौं । विश्व महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न गरिएको निशेधाज्ञापछि काठमाडौं आवतजावत गर्नेहरुको संख्या निकै बढेको छ । ५ महिनाको देशव्यापी लकडाउन र काठमाडौंमा करिब एक महिना भएको निषेधाज्ञा साउन ३१ गतेदेखि हटेको थियो ।

काठमाडौं जिल्ला प्रशासनले भदौ ३१ गतेदेखि निषेधाज्ञा हटाएसँगै काठमाडौं आवजावत गर्नेहरुको संख्या निकै बढेको तथ्यांले देखाएको छ । महानगरिय ट्राफिक महाशाखाकाको तथ्यांक निषेधाज्ञा खुलेपछि असोज १७ गतेसम्म काठमाडौं उपत्यकामा विभिन्न नाकाहरुबाट ३ लाख ५८ हजार ४ सय जनाले प्रवेश गरेका छन् । यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या भने ३ लाख ६१ हजार २ सय ८८ जना रहेका छन् ।

काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिर जानेहरुको संख्या लगभग एउटै छ । काठमाडौं प्रवेशभन्दा काठमाडौं बाहिर जानेहरुको संख्या २ हजार ८ सय ८८ ले मात्र बढी छ । महाशाखा सूचना अधिकारी रामेश्वरप्रसाद यादवले पछिल्लो समय काठमाडौंबाट बाहिरिनेभन्दा पनि भित्रिने संख्या बढी रहेको बताए ।

उनका अनुसार ९४ हजार ९ सय ७७ गाडीले काठमाडौं प्रवेश गरेको र ९४ हजार ७ सय ४५ गाडी बाहिर गएको उनले बताए । उनले आवतजावत गर्नेहरुले स्वास्थ्य सुरक्षा नअपनाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही पनि गर्दै आएको बताए ।

भदौ २४रर२५ गतेदेखि हालसम्म २२ हजार ६ सय २१ वटा गाडीलाई कारबाही गरिएको उनले बताए । जसमा १७ हजार ९६ दुई पाँग्रे र ४ हजार ६ सय ४४ चार पाँग्रे भएको उनको भनाई छ ।

मंगलबारदेखि यात्रु हेल्प डेस्क राखिने

उनका अनुसारर मंगलबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यात्रु हेल्प डेस्क राखिने भएको छ । दशैंमा उपत्यका आवतजावत गर्नेहरुका लागि पर्सिदेखि यात्रु हेल्प डेस्क राखिने उनले बताए ।

उनले काठमाडौंका विभिन्न स्थान बसपार्क, कालीमाटी, कलंकी, नागढुङ्गा, कोटेश्वर, गौशाला लगायत १०र१२ ठाउँमा हेल्प डेस्क राखिने बताए ।

दशैं तिहार लक्षित गरी हेल्प डेक्स स्थापना हुने उनको भनाइ छ । ‘दशैँ र तिहार पर्वलाई लक्षित गरी यत्रुलाई आवातजावत गर्दा अनावश्यक दुःख, कष्ट, समस्या नहोस् भननेर र स्वास्थय सुरक्षा मापपदण्ड पालना गर नगरेको निगरानी गर्न भनेर हेल्प डेस्क स्थापना गरिन लागिएको हो उनले बताए ।

 

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...