CG Electronics
IME Life
NIMB

सीमा नाका सिल हुदाँ बाराका प्रहरीले तस्करी लाइनमा मालामाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बारा । बाराको बिभिन्न नाकाहरुमा तस्करी कार्य रोकेको छैन, कारण हो प्रहरी प्रशासनमा पैसाको प्रलोभन । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी आएदेखी नै बन्द रहेको तस्करीको लाइन स्थानीय प्रहरी प्रशासनको सहयोगमा सुचारु भएको हो ।

मुलुक लगायत विश्व व्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा बन्द भनिएको सीमा नाका प्रहरीकै सहयोगमा तस्करी गर्नको लागी खुल्ला भएको छ । बाराको बलिरामपुर, छतवा, मटीअर्वा, बसतपुर, आमवा, पचगछिया, सिम्रौणगढ, कचोर्वा नाका हुदै व्यापक रुपमा कपडा, हार्डवेयर, भैसी, सुर्ति, छोकडा, मरिच, केराउ लगायतको तस्करी कार्य तिब्र रुपले अगाडी बढेको हो ।

सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य फस्टाएपनि माथिल्लो निकाय मुखदर्शक बन्ने बाहेक केही गर्न सकेको छैन । बाराको कान्तिपुर बरैनिया, बलिरामपुर नाका हुदै तिन ग्रुपमा भैसीको कार्य भइरहेको छ भने तिन जनाकै ग्रुपमा कपडाको काम भइरहेको स्थानीयले जनाएका छन । रातिको समयमा स्थानीय प्रहरीले रुट हेर्ने काम गरेको र त्यस पश्चात तस्करीको कार्य सुचारु हुने गरेको स्थानीयले बताए ।

तस्करी कार्यमा पत्रकार नै संलग्न

बाराको मटीअर्वा र आमवा नाका हुदै अवैध रुपले आयात हुने कपडाको तस्करी कार्यमा पत्रकार नै संलग्न रहेको बताइन्छ । पछिल्लो दिनमा मल र कवाडको तस्करीमा नाम कमाएका कुख्यात तस्कर त्रिभुवन भनिनेले हालको समयमा कपडाको तस्करी कार्य तिब्र रुपले अगाडी बढाएका छन । स्थानीय प्रहरी चौकीका कमाण्डर र सशस्त्र प्रहरीको कमाण्डरलाई लाखौ रुपैया मासिक नजराना बुझाए पश्चात तस्करी कार्य तिब्र रुपले अगाडी बढाएका हुन ।

तस्करी कार्यमा आफु बरिष्ठ पत्रकार भन्दै हिडने ठग पत्रकारले समेत तस्कर त्रिभुवन संगै मिलेर कपडाको कार्य गरिरहेको प्रमाण समेत फेला परेको छ । पत्रकारले मटीअर्वा र आमवा नाकामा रुट हेर्ने काम गरे पश्चात तस्करीका सामानहरु आयात हुन सुरु हुने गरेको तस्कर श्रोतले जनाएका छन । पत्रकारको बिल्ला लगाएर सीमा नाकाबाट तस्करी गर्ने ठग पत्रकारहरु माथि सरोकारवालाको ध्यान जान अति अवाश्यक देखिन्छ ।

सीमामा खटिएका प्रहरीलाई बेवास्ता गर्छन तस्कर संगठनहरु
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमाण्डरहरुलाई मासिक लाखौ रुपैया भेट चढाए पश्चात तस्कर समुहले बेवास्ता गर्छन प्रहरीलाई । प्रहरी श्रोतका अनुसार बाराको मुसहर्वा नाका हुदै भैसीको तस्करी गर्ने संतोष भनिनेले ड्यूटीमा खटिएका प्रहरीलाई वास्ता नै नगरी खुल्याम तरिकाले भैसी भित्रयाउने गरेको बताए ।

उनका अनुसार भैसी तस्करीमा पनि अर्को पत्रकारको सहयोग भएकै कारण ड्युटीमा रहेका प्रहरीलाई तस्कर संगठनहरु वास्ता नगर्ने गरेको श्रोतले दावी गरे ।
त्यस्तै बाराको कचोर्वा र पचगछिया हुदै पा“च जनाको तस्कर समुहले कपडाको तस्करी कार्य गरिरहेको स्थानीयले जनाएका छन । सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा बिभिन्न किसिमको मालसामान अवैध रुपले आयात हुने गरेको स्थानीयले दावी गरेका छन ।

किन मौन छन त माथिल्लो निकाय
बारा जिल्लाको बिभिन्न नाका हु“दै तस्करी फस्टाएपनि माथिल्लो निकायको मौनता नै प्रहरी प्रमुखको इमान्दारीता माथि प्रश्ण चिन्ह खडा गरेको छ । बाराको बिभिन्न प्रहरी चौकीका कमाण्डर तथा सशस्त्र प्रहरीको कमाण्डरहरुको माध्यमले माथिल्लो निकायलाई नजराना पुग्न थालेपछि मौन धारण गरेको हेरिन्छ । सीमा हुदै अवैध तरिकाले नेपाल भित्रिएको मालसमान माथिल्लो निकायको कर्मचारी पक्राउ गर्नसाथ बिचौलीया पत्रकारको फोन आउने गरेको एक उच्च अधिकारीले बताएका छन ।

उनका अनुसार तस्कर संगठनलाई मिलाउन ल्याउने नै पत्रकार रहेको दावी गर्छन । नमाने पश्चात स्थानीय प्रहरी चौकी र स्थानीय बोर्डर अँउट पोष्टका केही प्रहरीलाई मिलाएर काम गरिरहेको बताए । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण पूर्ण रुपले तस्करी कार्य रोकिन नसकिने भएपनि प्रयास जारी राखेको ठोकुवा गरे । उनले आफ्नो नाम नछाप्ने सर्तमा त्यस्ता गतिविधि गर्ने ठग पत्रकार माथि आफ्नो टिमले निगरानी बढाएको बताए ।

प्रहरी संगठनले बनाएको नीति र दिएको निर्देशन विपरीत कार्य गर्ने कमाण्डरलाई कारवाही हुने हो । तर प्रहरीको मिलोमतो भएको बिषयमा प्रष्ट हुदा हुदै माथिल्लो निकायको मौनताले संगठनले दिएको निर्देशन माथि नै शंकाको बिषय बनेको छ । तसर्थ ः यस बिषयमा प्रहरी संगठनका द्वय प्रमुखको ध्यान जान अति अवाश्यक देखिन्छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...