CG Electronics
IME Life
NIMB

ट्राफिक सुरक्षा योजना : ठगी रोक्न सिभिल ट्राफिक परिचालन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ । काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त योजना लागु गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी
भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताउनुभयो ।

मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताउनुभयो । सादा पोसाकका ट्राफिक प्रहरीले बढिभाडा लिई टिकट काट्ने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ, छैन चेकजाँच पनि गर्नेछ ।
यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रविधिबाट निगरानी

लामो दुरीका भाडाका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट निगरानी गरिने छ । २ जना चालक भएरनभएको ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेशन एप्सबाट हेर्न र नियमानुसार नभए कारवाही गरिने यादवले भन्नुभयो । टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाको रहेको छ ।
यस्तै, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर सिसिटिभि निगरानीबाट कडाईका साथ कारबाही गरिने महाशाखाले जनाएको छ ।
बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

दिनमा ४ पटक भन्दा बढी सरप्राईज चेकिङ

महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ । उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसे सहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ । ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता यादवले जानकारी दिनुभयो ।

१४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले भन्नुभयो । यात्रुहरुको गुनासो सुक्ष्म रुपमा मनन् गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उहाँले बताउनुभयो ।
उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...