CG Electronics
IME Life
NIMB

बैकल्पिक उर्जामा कार्यकारी निर्देशकको लागि दौडधुप तिव्र

NIMB
Himalayan Bank


वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तिव्र दौडधुप सुरु भएको छ । चार वर्ष अघि केन्द्रको कार्यकारी निर्देशक भएका रामप्रसाद धितालको पदावधी सकिए संगै सो पदमा जानका लागि शक्तिकेन्द्रहरुसंग दौडधुप सुरु भएको हो ।

उर्जा मन्त्रालयले खुला प्रतिश्पर्धाका आधारमा सो पदमा नियुक्तिका लागि भदौ दोस्रो हप्त्ता आवेदन आव्हान गर्ने तयारी गरेको बुझिएको छ । पदावधी सकिनु केही दिन अघि यस अघिका कार्यकारी निर्देशक केन्द्रका निर्देशक नवराज ढकाललाई निमित्तको जिम्मेवारी दिएर हिँडेकाले केही दिन यता ढकालले चलखेल बढाएका हुन् ।

उनी विगत लामो समय देखि केन्द्रको योजना शाखामा बसेर नाङ्गो ढंगले लुटतन्त्र मच्चाउने व्यक्तिका रुपमा चिनिन्छन् । सो शाखामा बस्दा ढकालकै नेतृत्वमा विभिन्न परियोजनाहरु स्विकृत हुनुका साथै विभिन्न ठुला टेन्डरहरुमा ठुलो अंकमा आर्थिक चलखेल हुने गरेको थियो । विगतमा अकुत कमाइ आर्जन गरिसकेका ढकाल यो पटक जति नै खर्च गरेर भएपनि केन्द्रको कार्यकारी निर्देशक बनीछाड्ने अभियानमा हिंडेको उनीनिकट स्रोतले बतायो ।

ढकाल यतिबेला केही नेत्ताहरु र सक्त्ती केन्द्र मा रकम बोकेर दौडेको समाचार प्राप्त भएको छ।उर्जा सम्बन्धि काम गर्ने सस्थाहरु सङ अब म कार्यकारी हुने भए रकम जम्मा गर केटाहो भन्दै रकम असुल्न ब्यस्त ढकाल को यो दौड जे भएनी उनले रकम भने राम्रै जम्मा गर्ने भएका छन।

बाहेक कार्यकारी निर्देशकको दौडमा युएनडीपीमा काम गर्ने एक व्यक्ति र अन्य निर्देशकहरु पनि रहेको बताइएको छ । ढकालले विगतमा लामो समयदेखि केन्द्रको साधन स्रोतको दोहन गर्नुका साथै विदेश जाने विभिन्न कार्यक्रमहरुमा पनि अरुको नाम काटेर आफैं जाने गरेका थिए ।

अहिले पनि सबैभन्दा बढी विदेश जाने कर्मचारीको नाममा उनकै नाम पर्छ । सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाइसकेपछि पनि निमित्त कार्यकारी निर्देशक ढकाल केही दिन अघि फिलिपिन्स पुगेका थिए । उनले केन्द्रमा आफ्ना नातागोता पर्ने ३ जना कर्मचारीलाई समेत भर्ति गरेका छन् ।

केन्द्रमा यो अवधीमा भएका डरलाग्दो भ्रष्ट्राचार र अनियमितताको प्रमुख योजनाकार पनि ढकालल नै भएको केन्द्रका कर्मचारीहरुब बताउँछन् । पछिल्लो समय केन्द्रको बेरुजुमात्र पाँच अर्बभन्दा बढी छ । उक्त बेरुजु र अनियमितताबारे ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा छानविन गरी बेरुजु तिर्न निर्देशन दिएपनि अहिलेसम्म नतिरिएको बताइन्छ ।
लघु जलविद्युत, सौर्यऊर्जा, बायोग्याँस जस्ता क्षेत्रको विकासका लागि विभिन्न दातृनिकायको अनुदान र नेपाल सरकारको आन्तरिक स्रोतबाट प्राप्त बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको र त्यही सेटिङबाट काम गर्न केही माफियाहरुको योजनामा ढकाल कार्यकारी निर्देशक हुन कस्सिएको स्रोतले बतायो ।

वैदेशिक सहयोगमा सञ्चालित यस केन्द्रका विभिन्न आयोजनाहरुको काम पारदर्शी नभएपछि दाताहरुले हात झिक्ने तयारी गरेको समेत थाहा भएको छ ।

२०७० यता डेनमार्क र नर्वे सरकारको सहयोगमा उर्जा क्षेत्र सहयोग कार्यक्रम, विश्व बैंक र यूएनडीपीको सहयोगमा ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय उर्जा कार्यक्रम, नेदरल्यान्ड र जर्मनीको सहयोगमा बायोग्याँस सहयोग कार्यक्रम कार्यान्वयन हुँदै आएको छ ।

त्यसो त ती कार्यक्रमहरुमा सधैंजसो कमिसनको खेल र बोलकबोलमा बढी रकम पेस गर्नेलाई ठेक्का दिने गरेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ ।

यता पछि हुने कार्यकारी निर्देशक आफैं भएकाले काम मिलाइदिँउला र त्यसको लागि मन्त्री, सचिव तथा केही उच्च तहका नेताहरुलाई कमिशन बुझाउनुपर्र्छ भन्दै निमित्त कार्यकारी निर्देशक ढकालले ठेकेदारहरुसंग पनि रकम मोटो रकम उठाइसकेको थाहा भएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...