माछापुच्छ्रे बैंकको तीन महिनामा ९५ करोड ५३ लाख रुपैयाँ खुद नाफा
Friday Nov 13, 2020
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १८:२१

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा करिब २९ लाख रुपैयाँले बढी हो । बैंकले गत आवको असोज मसान्तमा ९५ करोड २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले सार्वजानिक गरेको आर्थिक वर्ष २०७७र७८को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, बैंकको वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ, सञ्चालन नाफा ५५ करोड ८१ लाख र अन्य सञ्चालन आम्दानी ३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १७।७ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १३।१२ गुणा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ रहेको छ ।
८ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, निक्षेप बढेर १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि बढेर ९७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ०।४२ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपात १२।६० प्रतिशत, कोषको लागत ६।१५ प्रतिशत र सीसीडी रेसियो ७६।९४ प्रतिशत कायम छ । त्यस्तै, आधार दर ८।३१ प्रतिशत र स्प्रेड दर ४।३३ प्रतिशत रहेको छ ।

























