CG Electronics
IME Life
NIMB

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । वाईवाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।

हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२ २०२० मा अनलाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा पाल्पाका एकराज घिमिरे बातावरण विद्, रामेछापका मन्दिरा श्रेष्ठ स्वास्थ्य अभिएन्ता, बिराटनगरका रीत काफ्ले शिक्षक, जनकपुरका सुभाश शर्मा कोडर, इलामका सुलव सुबेदी नवप्रबर्दक र विराटनगरका वैभव नाहटा रहेका छन् ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डियाबाट एकजना सम्मनित भएका छन् ।

वाईवाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ ।

एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ ।

अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी टर्कीस एयरलाइन्सका महाप्रबन्धक, उज्ज्वल श्रेष्ठ पञ्चकन्या समूहका कार्यकारी निर्देशक, रितु एस वैद्य प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा।लि। , रुन चौधरी चौधरी समूहका कार्यकारी निर्देशक र अनिल चित्रकार सिद्धार्थ इंकका अध्यक्ष रहेका छन् ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...