CG Electronics
IME Life
NIMB

सन् २०२१ लाई व्यवसायमैत्री बनाउन एकजुट हुनुपर्नेमा अध्यक्षद्धयको जोड

NIMB
Himalayan Bank

काठमाडौं / सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिएका छन् । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश गरेको उपलक्ष्य तथा अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर नेपाल महिला चेम्बरद्वारा आज आयोजित शुभकामना आदान कार्यक्रम माझ सो धारणा राखेका हुन ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको गर्विलो ईतिहास रहेको उल्लेख गर्दै चेम्बरको ७० बर्ष प्रवेश साथै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर आयोजित कार्यक्रमले नयाँ उत्साह र उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास आफुले लिएको बताए । कोभिड १९ ले शिथिल बनेको अर्थतन्त्र र देशमा पछिल्लो समय विकसित राजनितिक घटना क्रमले निजी क्षेत्रलाई निराश बनाएको भन्दै व्यवसायिक वातावरणमा आँच आउन नदिन चेम्बरले सशक्त रुपमा आवाज उठाउदै आएको जानकारी दिनुका साथै उद्यमी व्यवसायीले आ आफ्नो तर्फबाट दबाब दिनुपर्ने बताए । चेम्बर अध्यक्ष श्रेष्ठले विगतमा चेम्बर अन्तर्गत वुमन इन्टरप्रेनेउर कमिटि रहेकामा व्यापारमा कृयाशिल महिलाहरुको व्यवसायिक हितलाई केन्द्रमा राखेर नेपाल महिला चेम्बर गठन गरिएको पृष्‍ठभुमी बारे प्रकाश पार्दै पछिल्लो समय बुमन चेम्बरले गर्दै आएको कार्यहरु प्रभावकारी रहेको भन्दै नेतृत्वको प्रशंसा गरे । अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरले वुमन चेम्बरलाई प्राथमिकता दिदै आएको बताउदै आगामी दिनमा पनि महिला उद्यमीहरुको व्यवसायिक हितको पक्षमा रचनात्मक सहयोग गर्दै जाने बताए ।

अध्यक्ष श्रेष्ठले नविनतम क्षेत्रको पहिचान गरि व्यवसायिक रुपमा अघि बढन आग्रह गर्दै चेम्बर सम्बद्ध महिला उद्यमीबाट उत्पादित सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा प्रबर्धन गर्न चेम्बरले सघाउने पनि उल्लेख गरे ।

त्यसैगरि, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अहिलेको परिवेशमा महिला उद्यमीहरुले व्यवसायिक सफलताका लागि नविन आयामका साथ अघि बढनु पर्ने खाँचो औंल्याउदै अनलाइन ट्रेडिङमा ध्यान केन्द्रित गर्न सुझाइन । अध्यक्ष श्रेष्ठले कोभिडका कारण बढी जसो महिला उद्यमीहरु प्रभावित भएकाले नेपाल चेम्बर नेतृत्वलाई महिला उद्यमीका समस्या उजागार गर्न र समाधानका लागि पहल गर्न अनुरोध गरिन । साथै, अध्यक्ष श्रेष्ठले चेम्बरको ७० बर्ष प्रवेशले चेम्बर सम्बद्ध उद्यमी व्यवसायीमा नयाँ उमंग ल्याएको आफुले महशुश गरेको उल्लेख गर्दै अंग्रेजी नयाँ बर्ष २०२१ समेतले व्यवसायिक वातावरण निर्माणमा सघाउ पुर्याउन सकोस भन्दै शुभकामना व्यक्त गरिन ।

कार्यक्रम माझ नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सन २०२० अवधीमा महिला चेम्बरले गरेका गतिविधि बारे प्रकाश पार्दै २०२१ मा थप प्रभावकारी कार्यक्रमहरु गर्न पस्कने गरि तयारी भैरहेको जानकारी गराईन् । कार्यक्रममा चेम्बरका महानिर्देशक कैलाश बजिमय, महिला चेम्बरका उपाध्यक्षद्वय सुश्मा शर्मा, अम्बिका शर्मा, सल्लाहाकारद्वय निलम ताम्राकार, शान्ती शाक्य, कोषाध्यक्ष चारु सिकारिया, चेम्बरकी उप निर्देशक सृस्‍टि त्रिपाठी लगायत महिला उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...