CG Electronics
IME Life
NIMB

तीन वाणिज्य बैंकका सीइओमाथि कारवाही

NIMB
Himalayan Bank

 

क्रमश:- नारायणदास मानन्धर,शोधनदेव पन्त र अजयविक्रम शाह

तीन वटा चर्चित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)माथि कारवाहीको डण्डा बर्सिएको छ ।
सूचनाको हक अनुसार नागरिकलाई प्रदान गर्नुपर्ने सूचना प्रदान नगरेको भन्दै तीन बैंकको सीइओउपर राष्ट्रिय सूचना आयोगले कारवाही गरेको हो ।
जुम्लाका नागरिक अंगराज भारतीले ती बैंकहरुसँग सार्वजनिक महत्वको सूचना माग गरेका थिए ।
उनले माग गरे अनुसारको सूचना नदिएको भन्दै उनी ती बैंकहरुविरुद्ध सूचना आयोगमा पुगी निवेदन दर्ज गराएका थिए ।
उनको निवेदनको आधारमा सूचना आयोगले ती बैंकलाई अंगराज भारतीले माग गरे बमोजिम सूचना दिन पत्राचार गरेको थियो ।
तर सूचना आयोगको पत्राचारलाई समेत वेवस्ता गर्दै सूचना दिन आनाकानी गरेपछि सूचना आयोगले प्राइम, लक्ष्मी र बैंक अफ काडमाण्डुका सीइओलाई कारवाही गरेको हो ।
निवेदक भारतीको निवेदनको सुनुवाई गर्दै प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग, सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको गत २५ मंसिर र ३ पुस ३ मा संयुक्त इजलासले प्राइम बैंकका सीइओ नारायणदास मानन्धर,बैंक अफ काठमाडौंको सीइओ शोधनदेव पन्त र लक्ष्मी बैंकको सीइओ अजयविक्रम शाहलाई कारवाही गर्दै जनही दश दश हजारका दरले जरिवाना गरेको हो ।
आयोगले कारवाहीमा परेका सीइओहरुबाट उल्लेख गरिएको जरिवाना रकम असुल गरी आयोगलाई जानकारी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
सूचना आयोगका अनुसार,आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जनही दश हजार रुपैंयाँका दरले जरिवाना तिर्नु पर्ने ठहर गरेको हो ।
आयोगले निवेदकले मागेको सूचना उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई पनि समेत आदेश दिएको छ । आदेशमा भनिएको छ ‘बैंकसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराइ दिन र यस आयोगलाई समेत जानकारी दिन नेपाल राष्ट्र बैंकलाई लेखी पठाउनु’ आदेशमा भनिएको छ । यदि सूचना नदिएमा सूचना दिनमा जति दिन ढिलाई भएको हो , त्यति दिन नै प्रति दिन २ सयको दरले कारवाही हुने चेतावनी दिएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...