CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमको आईपी टीभी सेवा शुक्रबारदेखि

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) शुक्रबारदेखि एनटी टीभी ब्राण्डमा फाइबर टू दि होम (एफटीटीएच)मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको जनाएको छ ।

कम्पनीको एनटी टीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिगौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुनेछ ।
हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटी टीभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ । एनटी टीभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटीबी (सेटप बक्स) खरिद गर्नु पर्दछ भने ग्राहकले प्रयोग गरिरहेको ट्रेडिसनल टीभी सेट र आधुनिक डिजिटल टीभी सेटमा एनटी टीभी हेर्न सकिन्छ ।

विभिन्न राष्ट्रिय टीभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टीभी सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ । साथै, एनटी टीभी सम्बन्धमा ग्राहकलाई उपयोगी हुने थप जानकारी एफएक्यूको रुपमा तथा सेटप बक्स र एफटीटीएच राउटर बीचको कनेक्सनसम्बन्धि जानकारीहरु भिडियो क्लिप जस्ता उपयुक्त माध्यमबाट ग्राहकको सुविधाका लागि उपलब्ध गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ । कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टीभी सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकलाई थप आकर्षक हुने अपेक्षा कम्पनीको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...