CG Electronics
IME Life
NIMB

पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि जडान

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड-अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । यस प्रविधिको एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गर्नुभयो ।

सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन यस प्रविधि जडान गरिएको बताउनुभयो । प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताउनुभयो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशसँगै अन्य कार्यक्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउने बताउनुभयो ।

निगमले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न सुरु गरिएकाे हो । एपीआइ मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्याङ्कर/ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।

दुई करोड ५० लाख रुपैयाँ लागतमा यस प्रविधि जडान गरिएको निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार तीनवटा पम्प जडान गरेर आठ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि त्यस कार्यालयबाट आठ घण्टामा तीन/चार लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकामा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।

डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल/मट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ । नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न ठाउँबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर लोड-अनलोड गर्न, भारतबाट तेल लिएर आएका ट्याङ्करलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यता अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।

नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै मागअनुसार पेट्रोलियम पदार्थ लोड-अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।

नयाँ प्रविधि जडानसँगै लुम्बिनी प्रादेशिक कार्यालयको पार्किङसमेत विस्तार गरिएको छ । पर्याप्त पार्किङ सुविधा नहुँदा ट्याङ्कर ट्रक राख्न समस्या हुने गरेकामा पार्किङस्थल विस्तारपछि १०० ट्याङ्कर ट्रक पार्किङ गर्न सकिने निगमले जनाएको छ ।

यसैगरी दुर्घटनाबाट बच्न इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, इलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यले इलेक्ट्रिक प्यानल बोर्ड, एटियस प्यानलको जडानसहितको इलेक्ट्रिकल प्यानल हाउस निर्माण गरेको छ ।

नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकीकरण गरेसँगै व्यवसायीलाई सहज हुने बताउनुभयो । उहाँले नयाँ प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरेबापतको कमिसन बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...