CG Electronics
IME Life
NIMB

टेलिकमको आईपी टिभी सेवा सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नेपाल टेलिकमले शुक्रबारबाट आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) का माध्यमबाट आईपी टिभी हेर्नको लागि आम ग्राहकले वार्षिक १३ हजार दुई सयदेखि साढे २४ हजारसम्म शुल्क तिर्नुपर्ने गरी प्याकेज सञ्चालनमा ल्याएको हो । टेलिकमले आजबाट काठमाडौं उपत्यका र बनेपा सो सेवा शुरु गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) का माध्यमबाट आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।
‘भ्याइस र इन्टरनेट सेवामध्ये कुनै एक लिएका तथा दुईमध्ये एउटा सेवामात्रै लिएका ग्राहकले पनि सो सेवा उपयोग गर्न पाउने छन्,’ प्रवक्ता जोशीले भने ‘यो टिभी जडान गर्नको लागि एफटीटीएच भने पुगेको हुुनुपर्नेछ । काठमाडौ र बनेपाबाट यो सेवा शुरु गरेपनि क्रमिक रुपमा एफटीटीएच पुगेका स्थानमा सेवा विस्तार गर्दै लैजाने उनले बताए । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु सहित उपलब्ध भएको एनटिटिभी सेवा कम्पनीले प्रिमियम र बेसिक गरी दुई प्याकेज पनि विभिन्न प्याकेज उपलब्ध गराएको छ । जसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको प्याकेज छनोट गर्न सक्नेछन् ।
यस्तो छ प्याकेज
बेसिक प्याकेजको मूल्य (एक टिभी) प्रतिमहिना एक हजार २ सय ३०, ३ महिनाको ३ हजार ५ सय ३० र एक वर्षको शुल्क १३ हजार २ सय २० रुपैंया तोकिएको छ । यसमा १५ एमबिपिएस इन्टरनेट, निःशुल्क टेलिफोन र एनटिटिभी सेवा उपलब्ध हुनेछ । त्यस्तै प्रिमियम प्याकेजमा प्रतिमहिना एक हजार ४ सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको पन्ध्र हजार रुपैयाँ शुल्क तोकिएको छ ।
टेलिकमका अनुसार बेसिक प्याकेजमा एक टिभीको एक महिनाको लागि एक हजार दुई सय ३० रुपैयाँ, तीन महिनाको लागि ३ हजार ५ सय ३० रपैयाँ र एक वर्षको लागि १३ हजार २२० रुपैया शुल्क तिर्नुपर्ने हुन्छ । प्रिमियम प्याकेजको लागि १५ एमबीपीएस इन्टरनेट र एनटीटीभीसहित टेलिफोन फ्रिमा एक महिनाको लागि एक हजार चार सय, तीन महिनाको लागि ४ हजार एक सय र १ वर्षको लागि १५ हजार शुल्क तिर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ ।
त्यसैगरी ३० एमबीपीएसको इन्टरनेटमा एक महिलामा १७ सय ५०, तीन महिनाको लागि ५ हजार र वार्षिक १८ हजार एक सयसम्म शुल्क तिर्नुपर्ने हुन्छ । ४० एमबीपीएसको लागि एक महिनाको लागि २ हजार ५०, तीन महिनाको लागि ६ हजार र वार्षिक १९ हजार ७ सय शुल्क लाग्छ । सरकारी सार्वजनिक संस्थानको ६० एमबीपीएस इन्टरनेट, एनटीटीभीमा टेलिफोन फ्रिको सेवा लिनको लागि भने एक महिनाको लागि २४ सय ५०, तीन महिनाको लागि ७ हजार २ सय र वार्षिक २४ हजार ५ सय शुल्क तिर्नुपर्छ । एकभन्दा बढी टिभी प्रयोग गरिएको अवस्थामा थप शुल्क लाग्ने छ । एकभन्दा बढी टिभी थप्ने हो भने बेसिक प्याकेजको एक महिनाकोमा २ सय २६ रुपैयाँ, तीन महिनाको लागि ६ सय ७८ रुपैयाँ र १ वर्षको लागि २७ सय १२ रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ । त्उसैगरी प्रिमियममा मासिक ५ सय ९, त्रैमासिक १४ सय ४९ र वार्षिक ४८ सय ८२ रुपैया थप्नु पर्नेछ ।
कसरी हेर्न सकिन्छ टेलिकमको आईपी टिभि
टेलिकमले फाइबर टु द होम (एफटीटीएच) का माध्यमबाट आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अनिवार्य हुनेछ । काठमडौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, नक्साल, चावहिल, जोरपाटी, हात्तिगौडा, छाउनी, गोंगव, किर्तीपुर, बलम्बुमा सो सेवा उपलब्ध हुनेछ । त्यसैगरी पाटन, सैंबु, लुभु, ठिमी र काभ्रको बनेपामा पनि सो सेवा उपलब्ध हुनेछ । उपत्यका बाहिर भने फाइबर पुगेको स्थानमा उक्त सेवा क्रमिक रुपमा बढाउँदै जानेछ । जसमा चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, घनकुटा, झापा, मोरङ, सुनसरी, डोटी, कैलाली, कन्चनपुर, धादिङ, बाँके, दाङका केही स्थानमा टेलिकमको फाइबर उपलब्ध रहेको छ ।
यसैगरी प्युठान, सुर्खेत, बागलुङ, कपिलबस्तु, कास्की, नवलपरासी, मुस्ताङ, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही र तनहुँमा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ । हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस, डेटा वा दुबैै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा गएर सो सेवा लिन सक्ने छन् । एनटिटिभीका लागि ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ । उक्त बक्स ३५ सय रुपैयाँ तिरेर टेलिकमको कार्यालयबाट आम उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
कहिले पुग्छ ७७ जिल्लामा ?
यो सेवा काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विस्तार गर्दै जाने टेलिकमले तयारी गरेको छ । आईपी टिभि सञ्चालन गर्न टेलिकमले पछिल्लो समय एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई जडानलाई तिव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुसमा सार्वजनिक गरेको असोजसम्मको तथ्यांक अनुसार टेलिकमका एफटीटीएच ग्राहक दुई लाख ९१ हजार ३९९ रहेका छन् । हाल टेलिकमको एपटीटीएच सेवा ४९ जिल्लामा पुगेको छ । टेलिकमले उपलब्ध गराउँदै आएको रिचार्ज कार्ड, अनलाइन तथा इलेक्ट्रोनिक माध्यमबाट तथा टेलिकमको कार्यालय मै गएर आईपी टिभीको शुल्क तिर्न सकिने प्रवक्ता जोशीले बताएका छन् ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...