CG Electronics
IME Life
NIMB

विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत नै हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने अनुमान गरेको छ । यस अघि गत चैत्रमा पनि विश्व बैंकले चालु आर्थिक बर्ष २०७७/७८ (सन् २०२०-२०२१) मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत नै हुने अनुमान गरेको थियो ।

विश्व बैंकले मंगलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले कोरोना महामारीका बीचमा पनि विश्व अर्थतन्त्र सन् २०२१ मा ४ प्रतिशतको बढ्ने उल्लेख गरेको छ । विश्व बैंकले कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अनुमान गरेको छ ।

त्यस्तै यस वर्ष अमेरिकाको -५.४ प्रतिशत वृद्धिदर हुने अनुमान रहेको छ भने यूरोपको भने ३.५ प्रतिशत वृद्धिदर हुने अनुमान विश्व बैंकले गरेको छ । त्यस्तै चीनको भने सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ ।

नेपालमा विश्व बैंकले अघिल्लो आव २०७६/७७ (२०१९/२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । नेपाल सरकारले भने पछिल्लो आर्थिक बर्षको वृद्धि डर अहिलेसम्म सार्बजनिक गरेको छैन । चालु आर्थिक बर्षमा नेपालको वृद्धि डर ०.६ प्रतिशत हुने दोहोराएको छ । यद्यपी प्रधानमन्त्री ओलीले विश्वका १० धेरै आर्थिक वृद्धि दर भएका देश मध्ये नेपाल शिर्ष स्थानमा रहेको भाषण गरिरहेका छन् ।

त्यस्तै दक्षिण एशियामा भारतको आर्थिक अवस्था सबै भन्दा खराब रहने अनुमान विश्व बैंकले गरेको छ । यस आर्थिक बर्षमा भारतको आर्थिक वृद्धिदर -९.६ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । त्यस्तै दक्षिण एशियामा भारतपछि भुटानको आर्थिक वृद्धि दर नकारात्मक हुने विश्व बैंकले अनुमान गरेको छ । भुटानको चालु आर्थिक बर्षमा -०.७ प्रतिशत वृद्धिदर हुने उल्लेख छ ।

त्यसै गरि दक्षिण एशियामा सबैभन्दा धेरै आर्थिक वृद्धिदर भने माल्दिभ्सको रहने अनुमान छ । माल्दिभ्सको ९.५ प्रतिशत आर्थिक वृद्धि दर हुने अनुमान छ । त्यस्तै श्रीलंकाको ३.३ प्रतिशत, अफगानिस्तानको २.५ प्रतिशत र बंगालदेशको चालु आर्थिक बर्षमा १.६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको छ । त्यस्तै पाकिस्तानको ०.५ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...