CG Electronics
IME Life
NIMB

अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, वासिङटनमा कर्फ्यु लगाइयो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एजेन्सी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक हिंसा र तोडफोडमा उत्रिएपछि राजधानी वासिङटन डीसीमा कर्फ्यु लगाइएको छ। अमेरिकी संसद भवन (क्यापिटल बिल्डिङ) भित्र पसेर ट्रम्प समर्थकले तोडफोड गरेका हुन्। कर्फ्यु स्थानीय समय अनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार विहानसम्मका लागि लगाइएको छ।

अमेरिकी कंग्रेस (संसद) मा जो बाइडनको विजय पुष्टिका लागि इलेक्टोरल कलेजबारे बहस भइरहेका बेला ट्रम्प समर्थकले भवनभित्र पसेर हिंसा सुरु गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

त्यसअघि निर्वाचन रद्द गर्नुपर्ने माग सहित प्रदर्शनमा उत्रेका ट्रम्प समर्थक र प्रहरीबीच हिंस्रक झडप भएको थियो। अवस्था नियन्त्रणमा लिनका लागि संसद भवनमा नेशनल गार्ड तैनाथ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सञ्चारमाध्यमहरुका अनुसार क्यापिटल बिल्डिङमा एउटा दमकलमा विष्फोट भएको छ भने एक जना महिलालाई गोली लागेको छ।

जो बाइडनले भने– यो विद्रोह हो

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडनले डेलावेयरबाट देशलाई सम्बोधन गर्दै ‘ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतन्त्रलाई अघि बढ्न दिन’ आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘यो कुनै विरोध होइन। यो विद्रोह हो। डोनल्ड ट्रम्प यो सब रोक्नुहोस्। अति भयो।’

ट्रम्पको सन्देश

राष्ट्रपति ट्रम्पले ट्विटरमा एक भिडियो सन्देश जारी गर्दै प्रदर्शनकारीलाई घर फर्कन अपिल गरेका छन्। उनले शान्ति व्यवस्था कायम गर्न र कानुन उल्लंघन नगर्न पनि आह्वान गरेका छन्।

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीलाई हिंसा नगर्न अपिल गरेका छन्। उनले क्यापिटलमा भएको आक्रमण सह्य नहुने र दोषिलाई कडा सजाय दिइने बताएका छन्।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...