CG Electronics
IME Life
NIMB

जेसीबीको सहज फाइनान्सिङको लागि एमएडब्लु र मेगा बैंकबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं  ।  नेपालका लागि जेसीबी ब्राण्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंक लिमिटेडसँग सम्झौता गरेको छ । जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्द्र भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउनेछन् ।

‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं,’ अध्यक्ष अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्राण्ड हो जसका कारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं ।’

त्यसैगरी, नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र बिक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशिल मुलुक हो । अहिले यहाँ पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...