CG Electronics
IME Life
NIMB

गोर्खाज फाइनान्सको नाफामा १७८ प्रतिशतले वृद्धि

NIMB
Himalayan Bank

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण माघ ११ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. २३ लाख ६५ हजार ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्म रू. १७ करोड ३ लाख ५५ हजार खुद नाफा गरेको कम्पनीले रेगुलेटरी रिजर्भमा १० करोड ९८ लाख ६३ हजार छुट्याएको छ । खुद नाफा गत वर्षको भन्दा १८३ प्रतिशतले बढाएको कम्पनीको वितरणयोग्य नाफा रेगुलेटरी रिजर्भ व्यवस्थापनका कारण ऋणात्मक भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ७४ करोड ३ लाख ६० हजार छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम पनि ६ दशमलव २९ प्रतिशत घटेको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा रू. ७९ करोड ८९ हजार थियो । यस वर्ष कम्पनीको निक्षेप संकलन गर कर्जा प्रवाह भने बढेको छ । गत वर्ष रू. ७ अर्ब ३१ करोड ७९ लाख ७१ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब ७२ करोड ४७ लाख ९५ हजार संकलन गरेको छ । त्यस्तै गत वर्ष रू. ५ अर्ब ३४ करोड ४९ लाख ३६ हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ अर्ब ४६ करोड ७७ लाख ८८ हजार प्रवाह गरेको छ ।गत वर्ष ४ दशमलव २६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ४ दशमलव ४२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमासको वित्तीय विववरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २५ र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव २१ रहेको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...