CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री शुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । कामना सेवा विकास बैंकले माघ २२ गते (आज) देखि रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र रू. १ हजार अंकित मूल्यमा ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो । कुल कित्तामध्य रू. ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. ४० करोड बराबरको ४ लाख कित्ता भने सर्बसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको बैंकले जानकारी दिएको छ । सामूहिक लगानीकोषलाई बाँडफाँटपश्चात बाँकी ३ लाख ८० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।

यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा माघ २६ र ढिलोमा फागुन ६ गतेसम्म विक्री खुला हुने यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एपमार्फत पनि घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम जोखिम रहेको संकेत गर्ने केयर आरआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...