सिटिजन्स बैंकका ग्राहकहरुले कालिन्चोक स्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने
Sunday Feb 07, 2021
वि.सं.२०७७ माघ २५ आइतवार २२:०९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले त्रिपुरा रिसोर्टमा सेवा लिंदा विशेष छुट पाउनु हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए।टि।एम। र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

























