प्रुडेन्सियल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर घोषणा
Monday Feb 08, 2021
वि.सं.२०७७ माघ २६ सोमवार २३:१४

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।
कम्पनीले आगामी वार्षिक साधारणसभामा पेश गर्ने गरि हाल कायम चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँको ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७४र०७५ को वार्षिक साधारणसभा गर्न बाँकी छ। प्रस्तावित लाभांस नियामक निकायबाट स्वीकृति दिए पछि वार्षिक साधारणसभामा पर्ने गर्ने जनाएको छ।
साधारणसभाले प्रस्तावित लाभांस पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्। बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

























