CG Electronics
IME Life
NIMB

गृह मन्त्रालयले ३१ जिल्लाका सिडियोसहित ५२ कर्मचारीको सरुवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी प्रजिअको सरुवा गरेको छ । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गर्दा ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएका छन् ।

जसमध्ये रसुवाका प्रमुख जिल्ला अधिकारी रसुवाका हरि प्रसाद पन्त सल्यान, सल्यानका ईश्वरी प्रसाद ढकाल रसुवा पठाइएको छ । यस्तै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल नुवाकोट, नुवाकोटका झंकनाथ ढकाल अध्यागमन विभागमा तानिएको छ । यस्तै, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल अछाम, गोरखाका सहायक प्रजिअ देवी पाण्डे पर्वत, पर्वतका प्रजिअ शम्भु प्रसाद रेग्मी गृह मन्त्रालय तानिएका छन् । यस्तै गृह मन्त्रालयमा कार्यरत शालिग्राम न्यौपाने गोरखा, अरुण पोखरेल सिन्धुपाल्चोक पठाइएको छ ।

सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, ,सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा पठाइएको छ । बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सुनसरीका पणिन्द्रमणि पोखरेल सप्तरी, कास्कीका ज्ञान प्रसाद ढकाल धादिङ, इलामका तुलसीराम सेढाई उदयपुर, सल्यानका हेमराज तामाङ अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं सरुवा भएका छन् ।

थानेश्वर गौतम कास्की, खगेन्द्र प्रसाद रिजाल कैलाली, शिवकुमार कार्की बाग्लुङ, छविलाल रिजाल सुर्खेत, बन्दना राई ओखलढुगा, प्रेमलाल लामिछाने चितवन, बासुदेव घिमिरे दोलखा, सिद्धराज जोशी दार्चुला, गणेश बहादुर अधिकारी म्याग्दी सरुवा भएका छन् ।

कैलालीका प्रजिअ गृह मन्त्रालय, उदयपुरका चक्रपाणी पाण्डे कपिलवस्तु, दैलेखका सन्त बहादुर सुनार बर्दिया, चितवनका नारायण प्रसाद भट्टराई सर्लाही, सर्लाहीका सुरेन्द्र पौडेल बारा, बाराका दिपकराज नेपाल स्याङजा, कपिलवस्तुका दिर्घनारायण पौडेल दाङ सरुवा भएका छन् ।

दाङका प्रजिअ जयनारायण आचार्य गृह मन्त्रालय, महोत्तरीका केशव प्रसाद बिमली गृह मन्त्रालय, सप्तरीका शंकरहरि आचार्य गृह मन्त्रालय, ओखलढुंगाका कृष्ण पौडेल गृह मन्त्रालय, मोरङका ध्रुब बहादुर खड्का इलाम, बर्दियाका लीलाधर अधिकारी चितवन सरुवा भएका छन् ।
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राट्रिय विमानस्थल काठमाडौंमा कार्यरत गौलोचन सैजु रामेछाप, इलाका प्रशासन कार्यालय लाहान सिरहामा कार्यरत प्रेम प्रसाद देवकोटा जाजरकोट, कारागार कार्यालय नख्खु, ललिपुरमा कार्यरत मोहन अधिकारी बझाङ, कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत गणेश आचार्य हुम्ला सरुवा भएका छन् ।

अछामका प्रजिअ गोकर्ण प्रसाद उपाध्याय धादिङ, काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सल्यान, बझाङका कमलराज भण्डारी गोरखा, दार्चुलाका शरद कुमार पोखरेल मोरङ, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल दैलेखमा सरुवा भएक छन् ।

म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी काठमाडौं, ताप्लेजुङका झरेन्द्र प्रसाद चापागाई झापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे ताप्लेजुङ, हुम्लाका चिरन्जिवि गिरी कागरागार कार्यालय नख्खु ललितपुर सरुवा भएका छन् ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...