प्रहरीद्वारा टिभी अन्नपूर्ण डटकमका पत्रकार सुबेदीमाथि निर्घात कुटपिट
Tuesday Mar 16, 2021
वि.सं.२०७७ चैत ३ मंगलवार २१:१४

काठमाडौं । टिभी अन्नपूर्ण डटकमका पत्रकार एम् प्रेस चौतारी उपत्यका प्रदेश कमीटिका सह(सयोजक राजु सुबेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । सोमवार साझा न्यूरोडमा समाचार संकलनको क्रममा जनसेवा प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो।
पत्रकार सुबेदीले भिडियो खिचिरहेको अवस्थामा बिनाकारण पक्राउ प्रहरी भ्यानमा राखी निर्घात कुटपिट गर्दा उनि घाइते भएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछी पत्रकार सुबेदी अहिले अहिले घरमा अराम गरिरहेका छन् ।
सार्बजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नलाई निर्घात कुटपिट गरेको भीडियो खिचेकोको कारण आफुलाई प्रहरीले बिना कारण नियन्त्रमा लिएर कुटपिट गरेको पत्रकार सुबेदीले बताए।
आफ्नो कर्तव्य निर्वाहका क्रममा समाचार संकलनका लागि कार्यक्षेत्रमा रहेकाहरुलाई परिस्थिति हेरि वातावरण सहज बनाउनुपर्नेमा उल्टै नियन्त्रणमा लिई र्दुव्यवहार गरिनु र समाचार संकलनमा रोक लगाइनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हमला भएको भन्दै सरोकारवालाहरुले यस घटनाको चौतर्फी भत्सर्ना गरेका छन् ।
























