CG Electronics
IME Life
Ncell NPL

पूर्व खानेपानी मन्त्री मगरले भन्नुभयो, “हाम्रो अथक मेहनतले मेलम्चीको पानी खाने सपना बल्ल पुरा भयो ।”

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । पूर्व खानेपानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी पूर्व खानेपानी मन्त्री मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई खुवाउन आफ्नो कार्यकाल भरी अहोरात्र खट्नु भएकी पूर्व मन्त्री मगर काठमाडौंमा पानी वितरण हुनु अघि सुन्दरीजल पुग्नु भएको हो ।

सुन्दरीजल पुगेपछि उहाँले पत्रकारहरु माझ भन्नुभयो, ‘हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’

मेलम्चीबाट सुरुङ मार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भईसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिनेछ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सिएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।

मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेक थ्रुदेखि हेडवक्र्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा छ ।

कस्तो रह्यो पूर्व मन्त्री मगरको कार्यकाल रु

चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटर समेत गरी जम्मा २५९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक थु्र भएको थियो । हेडवक्र्स निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको थियो । आयोजनाको सुरुङभित्र भुइँ ढलान गर्ने कार्य मगरकै पालामा पूर्ण रुपमा सम्पन्न भएको थियो ।

पूर्वमन्त्री मगरकै सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाको अवधिमा ९७ प्रतिशत प्रगति हासिल गरेको थियो । आयोजनाको निर्माण कार्य सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्ने क्रममा आकस्मिक दुर्घटना भएपछि मेलम्चीको काममा अवरोध पैदा भएको थियो । तर, त्यसको समाधानका लागि मगरले अनवरत प्रयास गरेर आयोजनाको उद्घाटनको समेत वातावरण बनिरहेको बेला प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिएपछि आयोजनामा फेरि सुस्तता देखिन पुगेको थियो ।

कुन मन्त्रीको काम कति रु

मेलम्ची आयोजनाको परिकल्पना भएको ४६ वर्ष पुग्यो । यसको सम्भाव्यता अध्ययन भएको २७ वर्ष पुग्यो । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष भयो । त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकेन ।

२६ वर्षको अवधिमा प्रेमबहादुर सिंहदेखि बिना मगरसम्म २२ जना मन्त्री भए । २२ जना मन्त्रीले २६ वर्षमा ७० प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन । तर बिना मगरले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै आलोचना भइरह्यो । तर, मन्त्री बिना मगरभन्दा पूर्वका डेढ दर्जन मन्त्रीहरुको कुल कार्यकालमा मेलम्ची आयोजनाको काम ७० प्रतिशत मात्र सम्पन्न भयो । खानेपानी मन्त्रीमा बिना मगर आएपछि आयोजनाको कामले गति लियो । तर उहाँ आएपछि मेलम्चीको भौतिक प्रगति ९७ प्रतिशत पुग्यो । मन्त्री मगरको २१ महिने अवधि सम्म आईपुग्दा मेलम्चीको भौतिक प्रगति करिब ९७ प्रतिशत पुग्दा पनि आलोचना हुन छाडेन ।

मन्त्री मगरले यस अवधिमा खानेपानी ऐन, ढल नीति बनाउनुका साथै ठूला आयोजनाको सम्भाव्यता अध्ययनको काम समेत अघि बढाइन् । आफ्नो कार्यकालमा मन्त्री मगरले मेलम्ची आयोजनालाई नै मुख्य जिम्मेवारीका रुपमा लिँदै छिटोभन्दा छिटो आयोजनाको काम सम्पन्न गर्न अग्रसरता देखाइन् । तर राष्ट्रिय राजनीतिमा आएको उतारचढाव र फेरबदलले गर्दा मेलम्ची आयोजनाको उद्घाटन गर्ने अवसर पूर्वमन्त्री मगरलाई जुटेन ।

यो पनि पढ्नुहोस् :

ज्योति लाइफको आईपिओमा ४४ हजार जनाको आवेदन यसरी भयो अयोग्य,नतिजा हेर्ने यस्ता छन् ४ तरिका

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...