CG Electronics
IME Life
Ncell NPL

३२ करोड ६१ लाख चुक्ता पुँजी भएको रू रू जलविद्युतको आईपीओ आज देखि खुल्यो,कति कित्ता भर्ने ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले शुक्रवार (चैत २०)बाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि स्थानीय आयोजना प्रभावित गुल्मी जिल्लाको स्थानीयको लागि फागुन ७ गते देखि ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ । यो आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात् चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...