CG Electronics
IME Life
Ncell NPL

ग्लोबल आईएमई बैंकलाई पछार्दै नबिल यसरी बन्यो सबैभन्दा बढी नाफा कमाउने बैंक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । पछिल्लो त्रैमासमा मात्रै १ अर्ब ६७ करोडभन्दा बढी नाफा आर्जन गरेपछि नबिल बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न पुगेको छ । अघिल्ला दुईवटा त्रैमासमा सबैभन्दा बढी नाफा कमाउन ग्लोबल आईएमई बैंक सफल देखिएकोमा तेस्रो त्रैमासमा आइपुग्दा नबिल बैंकले पछि पारेको हो ।

पछिल्लो नौ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा ३ अर्ब ६८ करोड रुपैयाँ छ । यसै अवधिमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रूपैयाँ नाफा कमाएको छ ।

साउनदेखि पुससम्मको अवधिमा नबिल बैंकको नाफा २ अर्ब १ करोड रूपैयाँ थियो भने ग्लोबल आईएमई बैंकको २ अर्ब ३५ करोड रुपैयाँ थियो । तर, पछिल्लो तीन महिनामा नबिल बैंकले आक्रामक रूपमा बजार विस्तार गरेको देखिएको छ । नबिल बैंकले गत वर्षको तुलनामा १६।५६ प्रतिशले नाफा बढाएको छ । पुससम्म उसको नाफा १।२७ प्रतिशले कमी आएको थियो ।

हालसम्म नबिल बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ भने पछिल्लो नौ महिनामा ५३ करोड रुपैयाँ निक्षेप घटेको छ । त्यस्तै, बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्ता गरेकोमा पछिल्लो नौ महिनामा २० अर्ब ९८ करोड रुपैयाँले बढेको छ ।

नौ महिनामा यो बैंकले ब्याज आम्दानी ५ अर्ब ९ करोड रुपैयाँ गरेको छ भने ब्याजबाहेकको आम्दानी २ अर्ब ८९ करोड रुपैयाँ छ ।

नाफा प्रतिशत वृद्धिका आधारमा नबिल बैंकभन्दा ग्लोबल आईएमई नै अगाडि देखिएको छ । नौ महिनामा यो बैंकले ३२ प्रतिशले नाफा बढाएको छ ।

पछिल्लो तीन महिनामा ग्लोबलआईएमई बैंकले १ अर्ब २६ करोड नाफा बढाएको छ । नबिलको तुलनामा यो ४१ अर्ब रुपैयाँले कमी हो ।

ग्लोबल आईएमईले हालसम्म २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । जसमा पछिल्लो नौ महिनामा ३३ अर्ब रुपैयाँ कर्जा बढाएको छ । त्यस्तै, हालसम्म २ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेकोमा पछिल्लो नौ महिनामा ३१ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ । नौ महिनामा यो बैंकको ब्याज आम्दानी मात्रै ६ अर्ब ८७ करोड रुपैयाँ छ ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...