CG Electronics
IME Life
Ncell NPL

अमेरिकाबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक द्वय थापालाई पितृ शोक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक/सम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृ शोक परेको छ । बिगत एक दशक देखि अमेरिकाबाट संचालित हुदै आएको लोकप्रिय अङ्किय पत्र(अनलाइन )का संचालक द्वयका पिता हेडम बहादुर थापाको निधन ९० बर्षको उमेरमा भएको छ ।

सम्पादक विजय थापाका अनुसार आज बिहान २०७८ साल बैशाख १८ गते निजनिवास काठमाडौमा हृदयघातबाट भएको हो । नेपालको धनकुटा मुगा गाउ पालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छन भने विजय थापा/विश्वराज थापा इनेप्लिजका संचालक हुन् ।

स्व थापाको जन्म १९८८ कार्तिक १६ गते सोमवार धनकुटा मुगामा भएको हो भने मृत्यु २०७८ शनिबार बैशाख १८ गते भएको छ । स्व थापा लामो समय सम्म शिक्षण पेशामा रहनु भएको थियो भने ग्लोबल भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम गर्नु भएको थियो ।

त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गर्नु भएका स्व थापा कलेज(महाबिद्यालय)मा पनि प्राध्यापन गराउनु भएको थियो । स्व थापा अमेरिकामा रहेका काइला छोरा बिनोद बहादुर थापा ले अमेरिकामा बोलाई २-३ पटक जानु भएको थियो ।

स्व थापाले अमेरिकाको अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) प्राप्त गरेता पनि पछि अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) दशकौ सम्म अमेरिका नगए पछि स्वत निष्क्रिय भएको हो ।

स्व थापाको धर्मपत्नी तीर्थ कुमारी थापा स्व बुवा संगै बालुवाटारमै बसोबास गर्नु हुन्छ भने जेठी छोरी शारदा सिलवाल पनि ताहचलमा हुनु हुन्छ ।

स्व थापा अंग्रेजीमा लेख लेख्ने र बिशेष गरि व्याकरण अंग्रेजी साहित्यमा रुची राख्नु हुन्थ्यो । महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकोले केही छोराहरु नेपाल पुगे पछि अन्त्यष्टिकार्य र अन्तिम श्रद्धाञ्जली हुनेछ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...