CG Electronics
IME Life
Ncell NPL

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ सय ८३ भरिएका र ३ सय ६४ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ५ सय १२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका ३५ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको छ । जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुनेछ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...