CG Electronics
IME Life
NIMB

हिमालयन र इन्भेष्टमेन्टले गरे सम्झौता गरे संगै बैंकिंग क्षेत्रमा यसरी मच्चियो हङ्गामा, अब यस्तो बन्नेछ नयाँ बैंक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा फेरि एउटा अर्को बिग मर्जर सार्थक भएको छ । ग्लोबल आइएमई र जनता बैंकबीच बिग मर्जर भएको डेढ वर्षपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै अर्को बिग मर्जर गरेका हुन् । लामो समयको चर्चा र प्रयासपछि बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हिजो दिउँसो ३ बजे होटल अलफ्टमा दुवै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । मर्जर सम्बन्धी सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरे । मर्जर सम्झौता गरेसँगै आगामी आइतबारदेखि एकीकृत कारोबार नहुन्जेल दुवै बैंकको सेयर सेयर कारोबार रोक्का हुनेछ।
दुवै बैंकले नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारलाई मर्जर सम्झौता बारे जानकारी समेत गराएका छन् । मर्जरपछि यस्तो बन्ने छ नयाँ बैंक मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । दुवै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका सीईओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहनेछन् । मर्जर सहमति गर्नु अघि गरिएको सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रतिसेयर मूल्य १०२.५० रुपैयाँ हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको थियो ।
यसमा १० प्रतिशत सम्म तल माथि हुने जनाइएको थियो । सोही आधारमा बैंकहरुको स्वाप रेसियो १ः१ अनुपात हुनसक्ने जनाइएको छ । मर्जरपछि बन्ने नयाँ बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने छ । मर्जरपछि बैंकको कुल चुक्ता पूँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यो हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हुनेछ ।
हाल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २१ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको जगेडा कोष २१ अर्ब ७७ करोड रुपैयाँको हुनेछ । हाल इन्भेष्टमेन्टको जगेडा कोषमा १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड रुपैयाँ संचित छ । मर्जपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ भने कर्जा लगानी २ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ हुनेछ । तेस्रो त्रैमासको तथ्यांक अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ६८ अर्ब २९ करोड र हिमालयनको १ खर्ब ४३ अर्ब ७० करोड छ।
त्यस्तै, कर्जा लगानी इन्भेटमेन्टको १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयनको १ खर्ब २७ अर्ब १४ करोड रुपैयाँ छ। मर्जरपछि बैंकको शाखा संख्या १५२ वटा पुग्ने छन् । अहिले हिमालयन बैंकको ६९ वटा र इन्भेष्टमेन्ट बैंकका ८३ वटा शाखा रहेका छन् । यद्यपि, मर्जरपछि केही शाखा स्थान्तरण हुन सक्ने छन् ।
‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ३.८५ प्रतिशत...

वि.सं.२०८३ जेठ १३ बुधवार २०:५९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको...

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता...

वि.सं.२०८३ जेठ १३ बुधवार १०:०४

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार...

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५८

  काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल...