CG Electronics
IME Life
NIMB

पाथिभारा माताको दर्शनसँगै जेष्ठ ४ गतेको राशिफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय अस्थिर रहनेछ । मेहनत अनुसार फलपाउन गाह्रो हुन्छ, किचकिच, झमेला, लफडा हुने समय चलिरहेकोले सावधान हुनुहोला, शारिरिक अस्वस्थता र मानसिक अशान्तिले सताउला, घटना र परिस्थिती प्रतिकुल हुने समय चलेको छ, कानुनी समस्या, दन्ड जरिवाना वा बन्धनबाट सकेसम्म जोगिनुहोला ।

वृष–TAURUS(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय अनुकुल छैन, प्रतिकुल घटनाहरु हुनसक्ने, कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नुपर्ने देखिन्छ, धनको दुरुपयोग हुने, चोरी हुने वा अत्यधिक खर्च हुने योग छ । स्वास्थ्यमा पनि समस्या आउने र निरर्थक भयले ग्रसित हुने योग छ, विद्यार्थीहरुले अलि धेरै नै मेहनत गर्नुपर्नेछ भने लगानीलाइ पनि आज दिन राम्रो छैन ।

मिथुन–GEMINI(का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो रहनेछ, लाभकार कर सुखदायी बसाइ हुने, विलासिताका सामग्री जुटने, दिन मनोरन्जन र रमाइलोमा बित्न सक्ने, धन लाभ हुने, निरोगिता प्राप्ति, मानसिक सुख तथा दाम्पत्य जीवन सोचे अनुरुप हुने योग छ, व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ, लगानीलाइ दिन अनुकुल छ ।

कर्कट–CANCER(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन उत्तम रहनेछ, भाग्यले साथ दिने, आर्थिक लाभ, शारिरिक निरोगिता, शत्रुमाथि विजय प्राप्ति, कष्टबाट मुक्ति, मन सन्तुष्ट रहने र उत्साहवर्धक घटनाहरु घटन सक्छन । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन राम्रो छ । चिनामा शुभचन्द्रमाको दशा चलिरहेको छ भने आज लगानी गर्दा फाइदा पुग्नेछ ।

सिंह–LEO  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन प्रतिकुल छ । चाहिएको बेलामा भाग्यले साथ नदिएको महसूस हुनसक्छ, गरेका कार्यमा विध्न बाधाहरु आउने, अपमान सहनुपर्नेसम्मको अवस्था आउनसक्छ, मानसिक खिन्नताले आज दुखी बनाउनसक्छ, सकारत्मक सोच राखेर अघि बढेमा दिन सहजहुन सक्छ ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सावधानी अपनाउनुपर्ने दिन छ । आफन्त, बन्धु बान्धव वा नजीकका मान्छेहरुसँग वैमनस्यता उत्पन्न हुनसक्छ, शारिरिक पीडा, धन हानी वा धनसम्पत्तिको कारणले तनाव हुने अवस्था आउनसक्छ । खर्चमा वृद्धि, मानसिक चिन्ता, रोग व्याधिले आक्रान्त पार्ने, मनमा डर लागिरहने अवस्था छ । कलहबाट भने बच्ने प्रयास गर्नुहोला, व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अनुकुल छैन ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ । साहसमा बृद्धि, सोचे गरेको कार्यहरुमा सफलता मिल्ने, नयाँ विचार नयाँ कुराले सकारात्मक अवस्था ल्याउने संकेत दिँदैछ प्रयास जारी राख्नुहोला, स सानो यात्रा वा भ्रमण हुनसक्ने, कस्मेटिक वा बस्त्र लाभ, धन लाभ तथा उत्तम भोजनको प्राप्ति, दाम्पत्य जीवन सुमधुर रहने, शत्रुहरुपछि हटनेछन् । गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभरहनेछ ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय अनूकूल छैन । नैतिक मूल्य तथा मान्यतामा ह्रास आउनसक्ने, धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । खर्चमाथि नियन्त्रण राख्न अति जरुरी छ नत्र धन संचयमा व्यापक कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । बोल्दा होश नपुरयाएको खन्डमा अप्ठयारो स्थिती आउनसक्छ । खानपानमा ध्यान दिनुपर्नेछ नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय राम्रो छ, सकारात्मक विचार र उत्साहले मनोबलमा बृद्धि हुनेछ । भाग्योदयको दिन छ प्रयास चाँही गर्नुहोला, महत्वाकाँक्षी विचारहरुले मूर्त रुप लिने बेला आएको छ । तँपाइको कदर अरुले गर्नेछन । कार्यस्थलमा लाभ, मानसम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन प्रतिकुल रहनेछ । पराक्रममा कमी आउनेछ, गरेका कामको जस नपाउने, मानसिक अशान्ति, एन्जाइटी अथवा निद्रा सम्बन्धि समस्या आउनसक्छ, अनावश्यक खर्च, हानी नोक्सानीको सम्भावना भएकोले आज विशेष सावधानी अपनाउनुहोला । विद्यार्थीहरुको लागि भने समय राम्रो, पढाई सम्बन्धि तथा प्रतियोगिता परीक्षा आदिको लागि दिन अनुकुल छ । व्यापार व्यवसायमा लाभ हुनेबेला छ, आयात निर्यात सम्बन्धि दिन राम्रो रहनेछ ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन सुखमय बित्ने छ । शुभ चन्द्माको दशा चलेको छ भने शुभ कुराहरु हुने अवस्था छ । शरिरको फूर्ति बढने, आर्थिक लाभ हुनेछ । मित्र भेटको सम्भावना वा मित्रबाट फाइदा । उत्तम भोजन, भोगविलास वा रमाइलोमा संलग्न हुनुपर्नेछ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । प्रयास गर्नुभएको थियो भने आय स्रोतको नयाँ बाटो फेला पर्नसक्छ, पहिलेदेखि शुरु भएको तर अडकिएका कार्यहरुले गति लिनेछन् । आदर सत्कार मानसम्मानमा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । लगानीको लागि समय उत्तम छ, पारिवारको लागि पनि खर्च हुन सक्ने दिन छ ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दिन शुभरहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनुभएको छ भने दिन राम्रो छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । कार्य क्षेत्रमा मानसम्मान, यश प्राप्त हुने योग छ । कुनै पुरानो कुरा सम्बन्धि शुभ समाचार आउन सक्नेछ । पिता वा पितातुल्य व्यक्ति अथवा सरकारी पक्षबाट सहयोग प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुने समय छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...