CG Electronics
IME Life
NIMB

विकास बैंकले छलांग मार्दा नेप्सेले ऐतिहासिक रेकर्ड बनायो,यी १६ कम्पनीका लगानीकर्तालाई भयो चाँदी कटाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । बजारखुल्न साथ करिब ५० अंकले घटेको बजार अन्त्यमा दोहोरो अंकले फर्किँदै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ ।

नेप्से इतिहासकै उच्च २८१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ४ गते नेप्सेले इतिहासकै सर्वाधिक २७९३ विन्दुको रेकर्ड बनाएको थियो ।

गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । अहिले पनि कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा लगानीकर्ता सेयर बजारमा होमिँदा बजारले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको जानकारहरु बताउँछन् ।

नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन इतिहासकै दोस्रो धेरै कारोबार भएको छ । आज एकै दिन ११ अर्ब ६९ करोडको कारोबार भएको छ । यसअघि जेठ ४ गते सर्वाधिक ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण ३९ खर्ब नजिक पुगेको छ । यो हालसम्मकै धेरै हो भने देशको जीडीपीभन्दा पनि धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से ३२.८१अंकले बढेर २८२० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ३ समूहको सूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २३९.८९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह २०.७ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२० कम्पनीमध्ये १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ३७ करोड र ज्योति विकास बैंक २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा १६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । कर्णाली र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, युनाइटेड इदी मार्दी हाइड्रोपावर, कालिका पावर, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी विकास बैंक, वरुण हाइड्रोपावर, सिनर्जी पावर, श्रीइन्भेष्टमेन्ट, आइसीएफसी, सेन्टर, पोखरा र समृद्धि फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा ३.७३ प्रतिशत घटेको छ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...