चार्टर्ड एकाउन्ट संघद्वारा आइसोलेशन सञ्चालन
Tuesday May 25, 2021
वि.सं.२०७८ जेठ ११ मंगलवार १०:५०

काठमाडौ । आज विश्व नै कोभिड १९ को नयाँ भेरीयन्ट सहितको दोस्रो लहरबाट आक्रान्त भएको छ । कोरोना महामारीको
रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट नेपाल अहिले नराम्रो गरि आक्रान्त छ।
अहिलेसम्म ५ लाख २० हजार ५ सयभन्दा बढीलाई कोरोना संक्रमण देखिइ सकेको छ । कोरोना महामारी लागेर ६ हजार ५ सय ३१ जनाले ज्यान गुमाइ सकेका छन ।
कोरोना संक्रमित विरामीले अस्पतालमा उपचार गर्ने वेड नपाएर,अक्सिजनको अभाव र समयमा उपचार नपाएर धेरैले ज्यान गुमाएको विद्यमान अवस्था छ।
कोभिड १९ को महामारीको असहज अवस्थामा कोरोना पोजिटिभ भै हाल सामान्य लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका वा रेखदेख गर्ने भएपनि शरीरमा अक्सिजनको सामान्य तहमा कमि हुन सक्छ कि भन्ने मनोविज्ञानले त्रसित भएका, अक्सिजन लेबल ९० भन्दा कम नभएकास सुगर, प्रेसर लगायतका दिर्घकालिन रोग नभएका र हिडरेै आफै आइसोलेसन बेड सम्म जानसक्ने संक्रमितहरुका लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरि अक्सीजन सहितको ३०० शैया क्षमताको नेपालकै ठूलो आइशोलेसन केन्द्र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले काठमाडौ जिल्लाको नागार्जुन नगरपालिका वडा नं –१ ईचङ्गुनारायण स्थित रानीवनको नेपाल सरकारको खाली रहेको ब्लक ए भवनमा गत जेष्ठ ८ गते देखि सञ्चालनमा ल्याएको छ।
यस आइशोलेसन केन्द्र सञ्चालन अनुमती सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रा।लि।ले प्राप्त गरेको छ। यश संस्थाको
प्राविधिक सहयोगमा एक्यानले अक्सिजन सिलिण्डर सहित ३०० शैयाको आइशोलेसन सञ्चालन गरेको छ ।
यस कार्यमा स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाहरुको साथ र समन्वय प्राप्त भएको छ र यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर पाइरहने अपेक्षा चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले राख्नु भएको छ।
सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्रका कार्यकारी अध्यक्ष सुशील खनालले कोरोनाको सामान्य लक्षण देखिन साथ विरामीलाई यस आइसोलेशन केन्द्रमा ल्याइ पुरयाउन सर्वसाधारणलाई आग्रह गरेका छन। केन्द्रमा अक्सिजनको ब्याकअप, नर्स र चिकित्सकको २४ सै घण्टा निगरानीमा आइशोलेसनले सेवा उपलब्ध हुँदै आएको छ ।
यसलाई ३ महिना सम्म सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ । हाल सुरुमा ५० शैयाबाट सेवा शुरू गरिएको छ। अक्सिजनयुक्त रहने यो आइसोलेसन केन्द्र यसै हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।
महामारीको यस चुनौतिपूर्ण समयमा मानव जीवनको रक्षा हामी सबैको प्राथमिकतामा पर्नु पर्दछ र यस आइशोलेसन केन्द्रमा विमारीहरुले निःशुल्क सेवा प्राप्त गर्नेछन् ।
यस महान सामाजिक सेवा कार्यमा आवश्यक सहयोगका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न हार्दिक संस्थाले अपिल गरेको छ ।
सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रा।लि।को कार्यकारी अध्यक्ष सुशील खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्ष आनन्दराज शर्मा वाग्ले रहनु भएको छ।
उहाँहरूको विशेष पहल र सकृयतामा ३ सय शैयाको आइसोलेशन केन्द्र बन्नु र विरामीले सबै सुविधा सहितको उपचार पाउन थालेकाले अब उपत्यका बासीले अक्सिजन,वेड र सामान्य उपचार नपाएर अनाहकमा मृत्युवरण गर्नुपर्ने दिन समाप्त भएको छ।




























